१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा

मेयर्स रिसर्च फेलोसिपमा आएन आवेदन

मेयर्स रिसर्च फेलोसिपमा आएन आवेदन
अ अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शहरी समस्याको दिगो समाधानका लागि ‘मेयर्स रिसर्च फेलोसिप कार्यक्रम २०२०’ अघि सारे पनि त्यसका लागि हालसम्म एउटा पनि आवेदन परेको छैन । कामपा शहरी योजना आयोगले उक्त कार्यक्रमका लागि गत माघ महिनामानै सूचना प्रकाशित गरी आगामी चैत पहिलो सातासम्म मात्र आवेदन दिने मिति तय गरेको भए पनि हालसम्म एउटा पनि आवेदन परेको छैन ।

“यो युवा लक्षित कार्यक्रम हो, निवेदन नआउने भन्ने त हुँदैन, अन्तिममा मात्रै काम हुने प्रचलन रहेको र केही दिन अझै बाँकी रहेकाले अन्तिमसम्ममा आवेदन पक्कै आउला”, आयोगका उपाध्यक्ष सरोज बस्नेतले जानकारी गराए । काठमाडौँको मुख्य समस्याको रुपमा रहेको दीर्घकालीन रुपमा फोहरको व्यवस्थापन, ट्राफिक जामको समस्या समाधान, जलवायु परिवर्तन, विपद् व्यवस्थापन, अनधिकृत बसोबास, दिगो विकासजस्ता विषयको दिगो समाधान खोज्नुपर्नेछ ।

आवेदकले कम्तीमा पनि स्नातकोत्तर पास गरेका र सम्बन्धित विषयमा दुई वर्ष अनुसन्धानात्मक कार्य गरेका व्यक्तिले नयाँ तरिकाबाट समस्याको समाधान गर्ने उपायसहित कामपाको शहरी योजना आयोगमा आवेदनसहितको प्रारम्भिक प्रस्ताव पेश गर्नुपर्नेछ । त्यसका लागि कामपाले शुरुमा रु एक लाख ५० हजार सहयोग गर्छ भने, अनुसन्धानमा आवश्यक परे अन्य सहयोग पनि गर्ने आयोगका उपाध्यक्ष बस्नेतले जानकारी गराए ।