१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा

पक्की पुल निर्माणमा ढिलाइ हुँदा सास्ती

पक्की पुल निर्माणमा ढिलाइ हुँदा सास्ती
अ अ+ अ-

तनहुँ । भिमाद नगरपालिका र शुक्लागण्डकी नगरपालिका जोड्ने गरी भागर दोभानस्थित सेती नदी माथि निर्माण गरिएको मोटरेबल पुल निर्माण कार्यमा ढिलाइ भएको छ । करिब १०५ मिटर लामो उक्त पुल विसं २०७६ चैत १५ गतेसम्म निर्माण सम्पन्न गर्ने सहमति भए पनि ठेकेदारको लापरवाहीका कारण एक वर्ष पुल निर्माणमा ढिलाइ भएको हो । तोकिएको अवधिभित्र सम्पन्न गर्न नसक्ने भएपछि समय थप गरिएको सडक डिभिजन कार्यालय दमौलीका सूचना अधिकारी एवं इञ्जिनीयर सचिन श्रेष्ठले बताए ।

“हामीले पटकपटक छिटो सम्पन्न गर्न भनेका छौँ, तर पनि काममा गति नदिँदा निर्माण कार्यमा ढिलाइ भएको हो”, उनले भने, “पुल निर्माणका लागि पछिल्लो समय थप भएसँगै विसं २०७७ फागुन मसान्तसम्ममा पुल निर्माण सम्पन्न गर्नुपर्ने छ ।” पुलका लागि आवश्यक पर्ने चार फाउण्डेशनमध्ये तीन फाउण्डेशन निर्माण भइसकेका र अब एउटा फाउण्डेशन निर्माणका लागि काम अघि बढेको उनले जानकारी दिए । पुल निर्माण शुरु भएको झण्डै चार वर्ष बितिसक्दा पनि निर्माण कार्य सम्पन्न नहुँदा झोलुङ्गे पुलबाट मोटरसाइकल गुडाउँदा सर्वसाधारणले आवतजावतमा कठिनाइ भोग्नुपरेको छ ।

पुलबाट मोटरसाइकल तार्नको लागि जो कोहीले हिम्मत राख्दैन तर पनि कोही कसैले मोटरसाइकल कुदाउँदा पुल हल्लिने, पुलबाट तल देखिने नदीको रहर पारी भित्ताको अप्ठ्यारो घुम्तीका कारण यहाँ दैनिक दुर्घटना हुने गरेको स्थानीय बताउँछन् । कयौँ मोटरसाइकल चालकको पटकपटक उद्धार गरिएको पुल नजिकै घर भएका दीपक आलेले बताए।

पटकपटक झोलुङ्गे पुलमा मोटरसाइकल चिप्लिँदा दुर्घटना बढ्दै गएका स्थानीय स्थानीय ज्येष्ठ नागरिक विष्णुबहादुर आलेले बताए । उक्त पुलको एडभेन्चर कन्ट्रक्सनसँग रु आठ करोड ८० लाख ५० हजार ८८३ मा निर्माण गर्ने सम्झौता गरे पनि पछि लागत संशोधन गरी रु १० करोड एक लाख ५० हजार ५९३ पुगेको इञ्जिनीयर श्रेष्ठले जानकारी दिए । उनका अनुसार भिमाद र शुक्लागण्डकी जोड्ने दोभानको पुलसहित जिल्लामा नौ पुल निर्माणाधीन अवस्थामा छन् ।