१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा

अन्तर्राष्ट्रिय मूर्तीकला मेलामा रामजीले गाए ११ देशका राष्ट्रिय गान

अन्तर्राष्ट्रिय मूर्तीकला मेलामा रामजीले गाए ११ देशका राष्ट्रिय गान
अ अ+ अ-


बागलुङ । बागलुङको गल्कोटमा यसै हप्ता सम्पन्न अन्तर्राष्ट्रिय मूर्तिकला मेलामा नेपालका एकजना सुप्रसिद्ध लोकगायक रामजी नेपालीले विश्वका ११ देशको राष्ट्रिय गान गाएका छन् । त्यस अवसरमा नेपालीसँगै त्यस मेलामा सहभागी ११ देशका मूर्तिकारहरूले गायक राजमी नेपालीसँगै आफ्नो देशको राष्ट्रिय गानमा सहभागी भएका थिए ।


गल्कोटमा सहभागी हुन ती ११ देशबाट आएका कलाकारहरु गायक नेपालीसँगै आफ्नो देशको राष्ट्रिय गान गाउन पाउँदा निकै रमाएको देखिएको थियो । विभिन्न ११ मूर्तीकारहरूको सहभागीता रहेको उक्त मेला फागुन ५ देखि सुरु भएर १७ दिनसम्म चलेको थियो । सो मेलामा बाग्लुङकै गायक नेपालीले ११ देशको राष्ट्रिय गान गाएका हुन् ।


नेपाललाइ विश्वमा चिनाउने अभियानमा लागेका र हाल विश्वका २५ देशका राष्ट्रिय गान गाउनसक्ने नेपाली विश्वभ्रमणको अभियानमा छन् । विश्वभ्रमणको सुरूवात नेपालबाटै गर्ने भन्दै उनले नेपालका अधिकांश जिल्लाको भ्रमण गरी सकेका छन् । उक्त अवसरमा मूर्तिकारहरूले नेपालीको प्रतिभाबाट आफूहरू प्रभावित भएको बताएका थिए । उक्त अवसरमा ११ देशका मुर्तिकारसँगै गायक रामजी नेपालीलाई पनि सम्मान गरिएको थियो ।


विभिन्न देशका ११ जना मुर्तिकारहरुको उपस्थितिको हिसाबले यो मेला नेपालकै पहिलो र ऐतिहासिक भएको बताइएको छ । कार्यक्रमको १७ औं समापान भएको थियो । गण्डकी प्रदेश सरकारका पर्यटनमन्त्री विकाश लम्सालको प्रमुख आतिथ्यतामा मेला सम्पन्न भएको जनाइएको छ । सबै स्थानीय एवं मूर्तिकारहरूले आ–आफ्नो क्षेत्रबाट सहयोग गरेकोले सबैप्रति आभार भएको आयोजकको भनाइ छ ।