२१ आश्विन २०८१, सोमबार
,
Latest
बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो म्याग्दीमा अकबरे खुर्सानीको व्यावसायिक खेती पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस सिन्धुलीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु सनथ जयसूर्या श्रीलंकाको मुख्य प्रशिक्षकमा नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

डुबेर सुकमरियादेवी मृत्यु



अ+ अ-

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका–१ धिरापुरमा पोखरीमा डुबेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मटिहानी नगरपालिका–१ धिरापुर बस्ने राजदेव मण्डल खत्बेकी पत्नी ६० वर्षीया सुकमरियादेवी मण्डल खत्बे रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।

बिहीबार साँझ गाउँ नजिकैको पोखरीको डिलमा घाँस काट्न गएकी खत्बेलाई छारे रोगले च्यापेपछि उनी सोही पोखरीमा खस्न जाँदा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ ।