१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा

औषधिजन्य सामग्रीको कृत्रिम अभाव रोक्न सांसदको माग

औषधिजन्य सामग्रीको कृत्रिम अभाव रोक्न सांसदको माग
अ अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले ‘कोभिड–१९’ भित्रिन नदिनका लागि आवश्यक सावधानी अपनाउन र औषधिजन्य सामग्रीको कृत्रिम अभाव सिर्जना हुन नदिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको शून्य समयमा सांसदहरुले कोरोना भाइरसको जोखिम बढ्दै गर्दा बजारमा कृत्रिम अभाव सिर्जना गर्ने क्रम बढेको र मास्कलगायत अत्यावश्यक सामग्रीको अभाव हुन थालेको भन्दै तत्काल आपूर्ति व्यवस्था मिलाउन सभामुखमार्फत सरकारसँग आग्रह गर्नुभएको छ ।

नेपाली काँग्रेसका सांसद पुष्पा भुसाल गौतमले विश्वमा फैलँदै गएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा भित्रिन सक्नेतर्फ सचेतना अपनाउन आग्रह गर्नुभयो । नेकपाका सांसद धर्मशिला चापागाईले बजारमा अत्यावश्यक वस्तु अभाव हुन थालेकोतर्फ ध्यानाकर्षण गराउँदै छानबिन गरी अभाव सिर्जना गर्नेलाई तत्काल कारवाही गर्न आग्रह गर्नुभयो । उहाँले सामान लुकाउने र कालोबजारी गर्ने अवस्था देखिएकाले अनुगमन गरी वस्तुस्थितिबारे सार्वजनिक गर्न माग गर्नुभयो ।

छिमेकी मुलुकमा कोरोना भाइरसको सङ्क्रमण देखिए पनि अहिलेसम्म नेपालमा रोगको सङ्क्रमण देखिएको छैन । चीनबाट आएका एक व्यक्तिमा देखिएको सङ्क्रमण हटिसकेको र त्यसपछि कसैमा नदेखिएको सरकारले जनाएको छ । बिहीबार मात्रै ‘कोभिड–१९’ को नियन्त्रण र रोकथाम उच्चस्तरीय समन्वय समितिले कोरोना भित्रिन नदिन उच्च सतर्कता अपनाउने, बजारमा अभाव सिर्जना हुन नदिने र जनचेतनाका कार्यक्रमलाई प्रभावकारी बनाउने निर्णय गरिसकेको छ ।

विश्वका ८४ देशमा ‘कोभिड–१९’ को सङ्क्रमण फैलिसकेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार ९५ हजार ४८१ मा रोग देखिएकामा तीन हजार २८५ को मृत्यु भइसकेको छ । कोरोनाका कारण छ हजार ४२० उच्च जोखिममा छन् । अहिलेसम्म ५३ हजार ६८८ निको भएर घर फर्किसकेका छन् ।

भ्रष्टाचार र पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग

प्रतिनिधिसभाको शून्य समयमा बोल्ने क्रममा सांसदहरुले भ्रष्टाचार नियन्त्रण गर्न र पेट्रोलियम पदार्थको मूल्य स्वचालित दरमा राख्न माग पनि गर्नुभएको छ । नेपाली काँग्रेसका सांसद डिला सङ्ग्रौलाले कोरोना भाइरस जसरी नै भ्रष्टाचार मौलाएको बताउँदै सेक्युरिटी प्रेसको विषयमा छानबिन गरी दोषीलाई कारवाही गर्न र भ्रष्टाचार रोक्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

काँग्रेसका अर्का सांसद दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थमा दोब्बर कर बढाएको भन्दै त्यो फिर्ता गर्न माग गर्नुभयो । पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय दरको आधारमा स्वचालित राख्नुपर्नेमा रु पाँच प्रतिलिटर बढी रहेको भन्दै उहाँले उक्त रकम फिर्ता गराई अपारदर्शी ढङ्गले सङ्कलन गरिएको रकमको अवस्था सार्वजनिक गर्न माग गर्नुभयो ।

प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना

शून्य समयमा प्रतिनिधिसभा सदस्यले दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेर अस्पतालमा स्वास्थ्यलाभ गरिरहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । सांसदले मिर्गौला दिने समीक्षा सङ्ग्रौलाको साहसको उच्च प्रशंसा गर्दै सफल मिर्गौला प्रत्यारोपणले स्वदेशको अस्पताल र स्वदेशी चिकित्सकको विश्वास बढेको बताउनुभएको छ ।

नेकपाका सांसद पूर्णकुमारी सुवेदीले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै नेपालको चिकित्सा क्षेत्रको प्रशंसा गर्नुभयो । नेकपाका अर्का सांसद नवराज सिलवालले प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेर नेपालको औषधि विज्ञानले अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गरेको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले ‘मुलुकको समृद्धिका लागि प्रधानमन्त्रीको ओलीको नेतृत्व अझै आवश्यक छ’ भन्नुभयो । नेकपा सांसद देवप्रसाद गुरुङले प्रधानमन्त्रीको शीघ्रस्वास्थ्य लाभको कामना गर्दै आउँदै गरेको महिला दिवसको अवसरमा समेत शुभकामना व्यक्त गर्नुभयो ।