१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा

ज्येष्ठ नागरिकलाई मोबाइल

ज्येष्ठ नागरिकलाई मोबाइल
अ अ+ अ-

कैलाली । कैलारी गाउँपालिका वडा नं ७ कार्यालयले वडाका सबै ज्येष्ठ नागरिकलाई आज मोबाइल र नेपाल टेलिकमको सीमकार्ड वितरण गरेको छ । लक्षित समुदायलाई सम्मान कार्यक्रमअन्तर्गत कार्यालयले वडाभरिकै ज्येष्ठ नागरिकलाई मोबाइल वितरण गरेको हो । कार्यालयले वडाका सबै एकल महिला र अपाङ्ता भएका व्यक्तिलाई पनि मोबाइल दिएको छ ।

गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी र नेपाल टेलिकम धनगढीका प्रमुख सुरत मल्लले लक्षित समुदायका व्यक्तिलाई उक्त सामग्री प्रदान गर्नुभयो । वडा कार्यालयले चालू आर्थिक वर्षमा सो कार्यक्रमलाई रु चार लाख ८५ हजार बजेट विनियोजन गरेको थियो । सोही बजेटले मोबाइल खरिद गरेर ३७६ जनालाई वितरण गरिएको हो भने २९ जनालाई अझै अपुग रहेको बताइएको छ ।

गाउँपालिकाका अध्यक्ष चौधरीले चालू आवको नीतिगत निर्णयानुसार वडाका ज्येष्ठ नागरिकलाई सम्मान गरेको बताउनुभयो । उहाँले लक्षित वर्गको सामाजिक सुरक्षाभत्ता उहाँहरुको बैंक खातामा जम्मा भइसकेको खबर अब मोबाइलमै आउने जानकारी दिनुभयो ।

प्रविधिको जमानामा वडा कार्यालयले एउटा उदाहरणीय कार्य गरेको नेपाल टेलिकम धनगढीका प्रमुख मल्लले बताउनुभयो । वडा नं ७ का अध्यक्ष कमलप्रसाद चौधरीले ज्येष्ठ नागरिकलाई आफ्नो समस्या, गुनासो स्थानीय सरकारसमक्ष राख्न सहज होस् भनेर मोबाइल र सीमकार्ड वितरण गरिएको बताउनुभयो ।