१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा

कालीगण्डकीको पानी तानेर हजार घरमा धारा

कालीगण्डकीको पानी तानेर हजार घरमा धारा
अ अ+ अ-

बलेवा । समथर जमिन, बाक्लो बस्ती, बढ्दो जनसङ्ख्या तर खानेपानीको सधैँ अभाव । नजिकै बगेको कालीगण्डकी र धापेखोलाको पानी देखे पनि उपभोग गर्न नपाएका बागलुङको नारायणस्थानका सर्वसाधारणले लामो समयदेखि पानीको अभाव झेल्दै आएका छन् ।

हाल बागलुङ नगरपालिका–१४ नारायणस्थानमा पानीका मुहान छैनन् । छिमेकी अमलाचौरको धापेखोला र पैञ्युपाटाको राधापानी मुहानबाट ल्याएको पानीले यहाँका सर्वसाधारणको दैनिकी जसोतसो चलिरहेको छ । खानेपानीको सास्ती खेप्दै आएका नारायणस्थानका सर्वसाधारणको दैनिकी अब भने फेरिने भएको छ । कालीगण्डकी तटमा रहेका मुहानलाई एकीकृत गरी नारायणस्थानमा पानी पुर्याइएपछि सर्वसाधारणको दैनिकी फेरिने भएको हो ।

जिल्लामै पहिलोपटक खानेपानीका लागि लिफटिङ प्रविधि भित्र्याइएको नारायणस्थानमा अब भने घरघरमै पानी आउने छ । घरघरमा पानी पु¥याउने अभियान अन्तिम चरणमा प्रवेश गरेकाले चैत्रभित्रै नारायणस्थानका घरघरमा सो पानी पुग्ने खोपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष चक्रबहादुर खत्रीले बताउनुभयो । आँखाले कालीतिरको पानी हेरेर प्यास मेट्ने गरेका यहाँका सर्वसाधारणले त्यही पानीले घाँटी भिजाउने दिन आएको नारायणस्थानको गार्लुङ गाउँका स्थानीय होमनाथ शर्माले बताउनुभयो ।

नेपाल सरकारको सहलगानी कार्यक्रमअन्तर्गत यो योजना सम्पन्न भएको हो । कालीगण्डकीतिरबाट ३९० मिटरको सिधा उचाइमा पर्ने पानी ट्याङ्कीमा दुई हजार ७०० मिटर दूरीको पाइपले पानी बोक्ने छ । मुहान र पाइप लाइनको मध्यभागमा दुई मोटर जडान गरेर मुख्य ट्याङ्कीसम्म पानी पु¥याइएको अध्यक्ष खत्रीले बताउनुभयो ।

यो योजना निर्माण गर्न झण्डै रु आठ करोडभन्दा धेरै खर्च भएको छ । शुरुआती लागत भने रु १० करोड माथिको थियो । रु छ करोड ६२ लाखमा चन्द्र एण्ड वसन्त निर्माण कम्पनीले निर्माण गरेको यो योजना उपभोक्ता समितिको श्रमदान र नगद लगानीमा बनेको हो । विसं २०७३ मा शुरु भएको निर्माणको काम कम्पनीले एक वर्ष म्याद थपेर गत असारभित्र सम्पन्न गरेको थियो । उपभोक्ताले गर्नुपर्ने र विद्युत् जडानलगायतका केही काम बाँकी रहेकाले आगामी चैतभित्रै पानी वितरण गर्ने गरी काम भइरहेको संस्थाका सचिव नारायण श्रेष्ठले बताउनुभयो ।

कूल लागतको ७० प्रतिशत नेपाल सरकार, २० प्रतिशत जनश्रमदान र १० प्रतिशत उपभोक्ताको लगानीमा यो योजना निर्माण भएको हो । योजना सम्पन्न भएपछि त्यस क्षेत्रका एक हजार ५२५ घरघुरीका करिब पाँच हजार बासिन्दा प्रत्यक्ष लाभान्वित हुने अध्यक्ष खत्रीले बताउनुभयो । योजनामार्फत ३० हजार २०२ मिटर पाइप लाइन बिछ्याउने काम भएको छ भने एक हजार २५ धारा निर्माण गरिनेछ । योमध्ये ९५० भन्दा धेरै धारा जडान भइसकेका संस्थाले जनाएको छ । विद्युत्को परीक्षण र प्रसारणको काम मात्रै बाँकी रहेकाले विद्युत् प्राधिकरण वितरण केन्द्र कुश्मा र बागलुङले काम सक्दाको भोलिपल्ट उपभोक्ताको धारामा पानी खस्ने अध्यक्ष खत्रीको भनाइ छ ।

“एक घर एक धारा चौबीसै घण्टा पानी आउँछ”, अध्यक्ष खत्रीले भन्नुभयो, “२० वर्षसम्म हामीले अहिले तानेको पानीले धान्छ ।” यो योजना नारायणस्थानका नौवटै र पैयुँपाटाका वडा नं ८ र ९ मा सञ्चालन भएको छ । अहिले प्रतिसेकेण्ड आठ लिटर पानी तान्ने बताइएको छ । यसभन्दा पहिले धारापानीबाट दुई दशमलव पाँच र धापेखोलाको पानी तीन लिटर प्रतिसेकेण्ड ट्याङ्कीमा जम्मा हुने गरेको छ । तीनवटै पानीलाई एकीकृत गरेर उपभोक्तालाई वितरण हुनेछ ।

उक्त खानेपानी योजनाअन्तर्गत पानी परीक्षण प्रयोगशाला, कार्यालय भवनसँगै २० भल्भ च्याम्बर निर्माण भएका छन् । नारायणस्थामा जनसङ्ख्या बढ्दै गएकाले पनि खानेपानीको माग धेरै छ । नगरपालिकाले यही कार्यकालभित्रै सबै घरमा खानेपानी पुर्याउने उद्घोष गरेअनुसारनै नारायणस्थानका उपभोक्ताले गर्नुपर्ने नगद योगदानमा सहभागिता जनाएको थियो ।