२३ जेष्ठ २०८३, शनिबार
,
Latest
तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपीएलः विराटनगरको विजयी यात्रामा चितवनले लगायो रोक



अ+ अ-

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रीमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सले पहिलो हार ब्यहोरेको छ ।

भर्खरै सम्पन्न खेलमा विराटनगरको विजयी यात्रामा चितवन राइनोजले पूर्णविराम लगाएको हो । जसमा चितवनले विराटनगरलाई ४८ रनले हरायो ।

१७५ रनको लक्ष्य पछ्याएको विराटनगर १६.५ ओभरमा १२६ रनमै अलआउट भयो ।

उसका लागि मर्चेन्ट डि लाङ्गले ३९ रन जोड्दा प्रतिश जिसीले ३० तथा साम हिजलेटले २२ रन बनाउँदा विराटनगरका अन्य ब्याट्सम्यान फ्लप सावित भए ।

विराटनगरलाई सस्तैमा समेट्न चितवनका रञ्जित कुमार एक्लैले पाँच विकेट लिए । यस्तै, कमल ऐरीले दुई तथा शोहेल तनविर, सैफ जइब र कुशल मल्लले एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको चितवनले २० ओभरमा ५ विकेट गुमाएर १७४ रन जोड्यो । उसका लागि रवि बोपाराले सर्वाधिक ६५ रनको योगदान दिए । ३८ बल खेलेका उनले ४ छक्का र ३ चौका प्रहार गरे । यस्तै, सैफ जइबले ३२, देव खनालले २८, कुशल मल्लले २० रन जोडे ।

बलिङतर्फ विराटनगरका सन्दीप लामिछाने र मर्चेन्ट डी लाङ्गले दुई–दुई विकेट लिए भने शुभम रन्जानेले एक सफलता हात पारे ।