१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा

कोरोना भाइरससँग लडनका लागि नेपालले मात्रै चेकजाँच गरेर हुदैन : बडु

कोरोना भाइरससँग लडनका लागि नेपालले मात्रै चेकजाँच गरेर हुदैन : बडु
अ अ+ अ-

काठमाडौं । सांसद दिलेन्द्र प्रसाद बडुले कोरोना भाइरसको संक्रमण भित्रिन नदिन बहुराष्ट्रिय सहकार्यको आवश्यकता औल्याउनुभएको छ ।

सांसद गगन थापाले प्रस्तुत गर्नुभएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि आफ्नो धारणा राख्दै बडुले कोरोना भाइरससँग लडन्का लागि नेपालले मात्रै चेकजाँच गरेर नहुने भएकाले बहुराष्ट्रिय सहकार्यको आवश्यकता औल्याउनुभयो । नेपालबाट बाहिर जाँदा ती मुलुकहरुले चेक गर्ने भएपनि नेपाल आउनेलाई पनि सोही मुलुकबाट चेकजाँच गरी भाइरस फ्रि अवस्थाको सर्टिफिकेट जारी गर्ने गरी सहकार्य गर्नुपर्ने बताउनुभएको हो । भारतसँगको खुला सीमाना र विमानस्थलमा विशेष सावधानी अपनाउन आग्रह गर्दै उहाँले स्वास्थ्यकर्मीहरुलाई तालिम दिएर उनीहरुको मनोबल उच्च राख्नुपर्ने बताउनुभयो । उहाँले सरकारलाई विश्वसनीय तयारीमा जुट्न पनि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘उच्च मनोबलका साथ भरपर्दो, विश्वसनिय तयारीमा सरकार जुटोस । जनतालाई आश्वस्त पार्ने गरी सरकार आफ्नो तयारीका साथ अगाडी बढोस् ।’

नेपालमा अहिलेसम्म कुनै अप्रिय घटना नभएपनि विश्वस्वास्थ्य संगठनले संक्रमित मुलुकहरुमा नेपालीहरुको आवतजावत बढी हुने भएकाले उच्च जोखिमको क्षेत्रमा रोखेको बताउनुभयो । अहिलेसम्म कुनै संक्रमण नदेखिएपनि संक्रमण भएको अवस्थामा के गर्ने, आइहाल्यो भने पूर्वतयारी गर्ने तर्फ सचेत रहने र तयारी हुने सुविधा अझै भएकाले सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

सांसद नवराज सिलवालले औषधि उत्पादनको अवस्थातर्फ सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । संसारका मुलुकहरुले व्यापक रुपमा तयारी गरिहेको अवस्थामा नेपालले पनि त्यो ढंगले तयारी गर्नुपर्ने उल्ले गर्दै उहाँले औषधि व्यवस्था विभागमा ३ सय ८४ उद्योग गर्दा भएपनि ८० प्रतिशत कच्च पदार्थ चीनबाट आउने भएकाले यसको विकल्पतर्फ सोच्न जरुरी रहेको बताउनुभयो । इरानमा स्वस्थ्यमन्त्री लगायत १७ जना सांसदहरु नै संक्रमित रहेको तर्फ सचेत गराउँदै सिलवालले अमेरिका लगायतका देशका यसको रोकथामका लागि विशेष कदम चालिरहको बताउनुभयो ।

सांसद खगराज अधिकारीले कोरोना भाइरस विरुद्ध नेपालले लड्न सक्ने क्षमता राख्छ भन्ने कुराको सन्देश दिन जरुरी रहेको बताउनुभयो । जनतामा यसबारे अनावश्यक सन्त्रास फैलिएको उल्लेख गर्दै उहाँले सीमा क्षेत्रमा सावधानी अपनाउनुपर्ने, अस्पतालहरुको व्यवस्थापन तर्फ ध्यान दिनुपर्ने माग गर्नुभयो । जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि धारणा राख्दै सांसद भीम रावलले मुलुकभित्र प्रवेशका स्थानहरुमा परीक्षण र नियन्त्रणको गम्भीर व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । भारको राजस्थानमा कोरोना भाईरसको प्रभाव देखिएको र त्यहाँ नेपालको सुदुरपश्चिम क्षेत्रका नागरिक बढी रहेको भन्दै त्यस तर्फ ध्यान दिन पनि आग्रह गर्नुभयो । उहाँले अस्पताल र उपचारसेवाको पुर्व प्रबन्ध गर्न , भीडभाड हुने कार्यालयहरुमा सामान्य यन्त्रबाट परीक्षण गर्ने काम प्रारम्भ गर्न, आपुर्ति व्यवस्थामा जनतालाई आश्वस्त गर्न, सरसफाईको पुर्व प्रबन्ध मिलाउन सरकारालाई आग्रह गर्दे यस्ता प्रकारका महामारीसंग जुध्न सबैसंग साझेदारी गर्दे संकल्पका साथअघि बढ्नुपर्ने बताउनुभयो ।