७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने News Polar भोटेकोशी बाढीपछि पुनर्निर्माणमा युवा शक्ति परिचालन गर्न सांसद बुढामगरको माग News Polar राष्ट्रिय महिला आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस News Polar प्रतिनिधि सभाः महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब News Polar सुनचाँदीको मूल्यमा सामान्य वृद्धि News Polar प्रतिकूल मौसममा विद्यालय सञ्चालनबारे स्थानीय अवस्थाअनुसार निर्णय लिन प्याब्सनको आग्रह

प्रधानमन्त्रीले विश्वविद्यालयको सबै भारी बोकेर हिँड्न सक्दैनः प्रधानमन्त्री कार्की

प्रधानमन्त्रीले विश्वविद्यालयको सबै भारी बोकेर हिँड्न सक्दैनः प्रधानमन्त्री कार्की
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री एवं त्रिभूवन विश्वविद्यालय (त्रिवि) का कुलपति सुशीला कार्कीले सबै कार्यभार बोकेर हिँड्न नसकिने बताउनुभएको छ ।

विश्वविद्यालयहरुको कुलपति प्रधानमन्त्री हुने व्यवस्थाप्रति लक्षित गर्दै उहाँले सबै भारी डोकोभरी बोकेर प्रधानमन्त्री एक्लैले हिँडन नसक्ने बताउनुभएको हो ।

बुधवार त्रिवि सभालाई सम्बोधन गर्दै उहाँले सो व्यवस्था हटाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन लागेको र त्यसमा आफूपनि सहमत रहेको समेत उल्लेख गर्नुभयो । प्रधानमन्त्री कार्कीले विश्वविद्यालय स्वायत्त हुनुपर्ने स्पष्ट पार्दै राजनीतिक नेतृत्वले त्यसमा दृष्टि पु¥याउन सक्ने अवस्था नरहेको तर्क समेत गर्नुभयो । उहाँले विश्वविद्यालयलाई आफैँ फुल्ने, फल्ने गरी आवश्यक वातावरण बनाउनुपर्ने जरुरी रहेको समेत बताउनु भयो ।

प्रधानमन्त्री कार्कीले भन्नुभयो, ‘अब हामीले हरेक कुराको विकासलाई हेर्नुपर्छ । अब यो हेर्ने तपाईहरुले हो । हामी दृष्टि पु¥याउन सक्दैनौ । एउटै प्रधानमन्त्रीले सारा डोकोभरी सबै भारी बोकेर हिँड्न सक्दैन । त्यसैले यो स्वायत्तताको कुरा जुन उठेको छ । पुनजीले उठाईरहनुभएको छ । उहाँ कोशिसमा हुनुहुन्छ । प्रयत्नमा हुनुहुन्छ । त्यो हुनुपर्छ भन्ने मलाई लाग्छ । पहिले हुर्किदाको पानी हाल्ने त । हुर्कीसकेपछि त आफै फुल्छ, आफै फल्छ । आफै गर्छ भन्नेतिर जानुपर्छ ।’

प्रधानमन्त्री कार्कीले विश्वविद्यालयहरु आफैँले आयआर्जन गर्ने बाटोको खोजी गर्नुपर्ने पनि बताउनु भयो ।