१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा

कर्णाली राजमार्गका पक्की पुल निर्माण अन्तिम चरणमा

कर्णाली राजमार्गका पक्की पुल निर्माण अन्तिम चरणमा
अ अ+ अ-

खलङ्गा । कर्णाली राजमार्गमा निर्माणाधीन पक्की पुल अन्तिम चरणमा पुगेका छन् । लामो समयसम्म कामको गति लिन नसकेर बेवारिसे अवस्थामा रहेका यहाँका पुल निर्माण कार्य धमाधम भइरहेका छन् ।

केही पुल निर्माण भइसकेका छन् भने धेरै पुल आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने तीव्र गतिमा काम भइरहेको छ । विशेष गरी कर्णालीका जुम्ला, कालिकोट र मुगुको मुख्य आधारका रुपमा रहेको कर्णाली राजमार्गका पुल निर्माणपछि आवतजावत गर्ने यात्रुलाई सहज हुने जुम्ला पातारासी गाउँपालिका वडा नं ३ का रामबहादुर ऐडीले बताउनुभयो ।

जुम्ला र कालिकोट खण्डका नौ निर्माणाधीन पक्की पुलमध्ये खल्लागाड बालीघाट, सिम्लेमा र छेडेनामा काम सम्पन्न भएर गाडी गुडेका डिभिजन सडक कार्यालय जुम्लाका इञ्जिनीयर दीपक विकले बताउनुभयो । उहाँका अनुसार अन्य पुल असार मसान्तसम्म निर्माण सम्पन्न हुने गरी दु्रतगतिमा काम भइरहेको छ । कर्णाली करिडोर जोड्ने खुलालु पुल र सेरी पान्तडी पुल भने ठेक्कामा जाने तयारी भइरहेको छ ।

यसैगरी कर्णाली राजमार्गको दैलेख खण्डमा रहेका नौ पुलमध्ये बोडखोला र कुमाले खोलामा निर्माण सम्पन्न भई गाडी गुडिसकेका सडक डिभिजनले जनाएको छ । दैलेख खण्ड सडक डिभिजन सुर्खेतले हेरिरहेको छ भने जुम्ला कालिकोट खण्ड जुम्लाको जिम्मामा रहेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।

दैलेख खण्डका पातलेखोला, लाम्चुलीखोला, मानेखोला, पुवाखोला, कालेखोला, पाल्तडाखोला, कानेगाड, दहीखोला र गुहेखोलाको काम असारसम्म सकिने गरी काम भइरहेको सडक डिभिजन कार्यालय सुर्खेतका इञ्जिनीयर देवेन्द्र भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार यो वर्ष धेरैजसो पुलका निर्माण व्यवसायीलाई काम समयमा नगरेमा कालोसूचीमा राख्ने वा सम्झौता रद्द गर्ने पटकपटक निर्देशन गरेपछि काम समयमै भइरहेको जानकारी दिनुभयो ।

यसैगरी कर्णाली राजमार्गको धेरै भाग कालोपत्र पछि उम्किएपछि धुलो र हिलोले हैरान बनाउने समस्याका लागि पनि काम थालिएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । कालिकोट खण्डको ४० किलोमिटर कालोपत्र माथि फेरी कालोपत्र गर्ने तयारी भइरहेको छ । दहीखोला नजिकको पहिरो व्यवस्थापनका लागि योजना बनाई काम शुरु गरिने डिभिजन जुम्लाले जनाएको छ ।

यसैगरी सुर्खेत, बड्डिचौर हँुदै तल्लो डुगेश्वरसम्मको पाँच किलोमिटर धुलाम्मे छ । अब ग्राभेल गरी कालोपत्र गर्ने योजना रहेको बताइएको छ । दैलेख खण्डमा बढी कालोपत्र उम्किएर हैरान भएकाले रु सात करोडको कालोपत्रका लागि ठेक्का गरी काम थालिएको सडक डिभिजन सुर्खेतले जनाएको छ । जुम्ला खण्डको टाकुल्लाको पुल भने लामो समयदेखि विवादित भएकाले काम शुरु भएको छैन् । पक्की पुल निर्माण भएका जुम्ला, कालिकोट, मुगु विशेष गरी यस क्षेत्रको पर्यटकीय धरोहर राराताल र सिञ्जा, जुम्ला बजारमा पर्यटकलाई आउन थप सहज हुनेछ ।