२१ आश्विन २०८१, सोमबार
,
Latest
विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली राजमार्गका पक्की पुल निर्माण अन्तिम चरणमा



अ+ अ-

खलङ्गा । कर्णाली राजमार्गमा निर्माणाधीन पक्की पुल अन्तिम चरणमा पुगेका छन् । लामो समयसम्म कामको गति लिन नसकेर बेवारिसे अवस्थामा रहेका यहाँका पुल निर्माण कार्य धमाधम भइरहेका छन् ।

केही पुल निर्माण भइसकेका छन् भने धेरै पुल आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने तीव्र गतिमा काम भइरहेको छ । विशेष गरी कर्णालीका जुम्ला, कालिकोट र मुगुको मुख्य आधारका रुपमा रहेको कर्णाली राजमार्गका पुल निर्माणपछि आवतजावत गर्ने यात्रुलाई सहज हुने जुम्ला पातारासी गाउँपालिका वडा नं ३ का रामबहादुर ऐडीले बताउनुभयो ।

जुम्ला र कालिकोट खण्डका नौ निर्माणाधीन पक्की पुलमध्ये खल्लागाड बालीघाट, सिम्लेमा र छेडेनामा काम सम्पन्न भएर गाडी गुडेका डिभिजन सडक कार्यालय जुम्लाका इञ्जिनीयर दीपक विकले बताउनुभयो । उहाँका अनुसार अन्य पुल असार मसान्तसम्म निर्माण सम्पन्न हुने गरी दु्रतगतिमा काम भइरहेको छ । कर्णाली करिडोर जोड्ने खुलालु पुल र सेरी पान्तडी पुल भने ठेक्कामा जाने तयारी भइरहेको छ ।

यसैगरी कर्णाली राजमार्गको दैलेख खण्डमा रहेका नौ पुलमध्ये बोडखोला र कुमाले खोलामा निर्माण सम्पन्न भई गाडी गुडिसकेका सडक डिभिजनले जनाएको छ । दैलेख खण्ड सडक डिभिजन सुर्खेतले हेरिरहेको छ भने जुम्ला कालिकोट खण्ड जुम्लाको जिम्मामा रहेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।

दैलेख खण्डका पातलेखोला, लाम्चुलीखोला, मानेखोला, पुवाखोला, कालेखोला, पाल्तडाखोला, कानेगाड, दहीखोला र गुहेखोलाको काम असारसम्म सकिने गरी काम भइरहेको सडक डिभिजन कार्यालय सुर्खेतका इञ्जिनीयर देवेन्द्र भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार यो वर्ष धेरैजसो पुलका निर्माण व्यवसायीलाई काम समयमा नगरेमा कालोसूचीमा राख्ने वा सम्झौता रद्द गर्ने पटकपटक निर्देशन गरेपछि काम समयमै भइरहेको जानकारी दिनुभयो ।

यसैगरी कर्णाली राजमार्गको धेरै भाग कालोपत्र पछि उम्किएपछि धुलो र हिलोले हैरान बनाउने समस्याका लागि पनि काम थालिएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । कालिकोट खण्डको ४० किलोमिटर कालोपत्र माथि फेरी कालोपत्र गर्ने तयारी भइरहेको छ । दहीखोला नजिकको पहिरो व्यवस्थापनका लागि योजना बनाई काम शुरु गरिने डिभिजन जुम्लाले जनाएको छ ।

यसैगरी सुर्खेत, बड्डिचौर हँुदै तल्लो डुगेश्वरसम्मको पाँच किलोमिटर धुलाम्मे छ । अब ग्राभेल गरी कालोपत्र गर्ने योजना रहेको बताइएको छ । दैलेख खण्डमा बढी कालोपत्र उम्किएर हैरान भएकाले रु सात करोडको कालोपत्रका लागि ठेक्का गरी काम थालिएको सडक डिभिजन सुर्खेतले जनाएको छ । जुम्ला खण्डको टाकुल्लाको पुल भने लामो समयदेखि विवादित भएकाले काम शुरु भएको छैन् । पक्की पुल निर्माण भएका जुम्ला, कालिकोट, मुगु विशेष गरी यस क्षेत्रको पर्यटकीय धरोहर राराताल र सिञ्जा, जुम्ला बजारमा पर्यटकलाई आउन थप सहज हुनेछ ।