१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा

उपभोक्ता मन्द विषको शिकार

उपभोक्ता मन्द विषको शिकार
अ अ+ अ-

वीरगञ्ज । भन्सार कार्यालय सिर्सियाले भारत तथा तेस्रो मुलुकबाट नेपाल भित्रने दाल, गेडागुडी, मरिच छोकडालगायत खाद्य वस्तु सुख्खा बन्दरगाह गुणस्तर प्रमाणीकरण कार्यालयमा जाँच नगरिकन छाड्दा उपभोक्ता मन्द विषको शिकार हुँदै गएका छन् ।

सो नाकाबाट दैनिक करिब ५०० मेट्रिकटन दाल, गेडागुडी, सोयोविन, मकैलगायतका खाद्य सामग्री नेपाल भित्रन्छ । सुक्खा बन्दरगाह कार्यालयले प्लान्ट क्वारेन्टाइन कार्यालयमा सामान्य जाँच गराई छाड्ने गरेकाले रङयुक्त यस्ता पदार्थ उपभोक्ताले खाँदा क्यान्सर जस्ता रोगको शिकार हुने गरेका छन् ।

भटमास तथा गेडागुडीमा माइक्रोटकसिन भन्ने रसायन पदार्थ मिसिएकाले यसको प्रयोगले मानव स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरेको खाद्य आयातनिर्यात गुणस्तर प्रमाणीकरण कार्यालय वीरगञ्जका सूचना अधिकारी रवीन्द्र झाले बताउनुभयो । उहाँले राससलाई भन्नुभयो, “ती खाद्य पदार्थको विश्लेषण नगराई सामान्यरुपमा क्वारेन्टाइन गराएर छोडदा मानव स्वास्थ्यमा मन्द विषको प्रभाव पर्दै गएको छ ।”

खाद्य सामग्री खाद्य आयातनिर्यात गुणस्तर प्रमाणीकरण कार्यालयको प्रयोगशालामा नपठाइ सुक्खा बन्दरगाहले क्वारेन्टाइन कार्यालयमा पठाउने गरेकाले वस्तुहरुको पूर्णरुपमा जाँच हुन नसक्दा उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्ने गरेको विज्ञको भनाइ छ ।

सुक्खा बन्दरगाह कार्यालय सिर्सियाका सूचना अधिकारी जगदीश पूर्वेले शुरुदेखि नै खाद्य वस्तु क्वारेन्टाइन कार्यालयमा जचाउने गरेकाले त्यस्ता वस्तुको जाँचका लागि क्वारेन्टाइन पठाउने गरिएको बताउनुभयो । खाद्य ऐन २०२३ अन्तर्गत सामानको खाद्य आयातनिर्यात गुणस्तर कार्यालयबाट जाँच गराई भन्सार पास गर्नुपर्नेमा क्वारेन्टाइनमा पठाएर सामान्य तरिकाले जाँच गरी पठाउने गरेकाले यसले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्ने हुँदा यसतर्फ सम्बन्धित निकाय गम्भीर हुनुपर्ने माग उपभोक्ताको छ ।