काठमाडौँ । बुधवार शेयर बजार ९ अंकले बढेर बन्द भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.६१ अंकले बढेर बन्द भएको हो । बजार बन्द हुँदा नेप्से ०.३६ प्रतिशतले बढेर परिसूचक २६६५.६० बिन्दुमा पुगेको छ ।
नेप्से बढ्दा ६ अर्ब ६९ करोड २९ लाख ७१ हजार रुपैयाँ बराबरको १ करोड ३६ लाख २० हजार ८३८ कित्ता शेयर कारोबार भएको छ । बजार बन्द हुँदाको समयमा १४२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १०४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ११ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
आज दिनभरमा ३२२ वटा कम्पनी कारोबारमा आउँदा ९१ हजार ७०५ पटक शेयर किनबेच भएको छ । आज ६ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।
आज लगानीकर्ता होटल तथा पर्यटन समूहमा झुमिएका छन् । १३ वटा समूहमध्ये सबैभन्दा बढी यही समूह बढेको छ । उक्त समूह ०.९९ प्रतिशतले बढेको हो । सँगै आज होटल तथा पर्यटन सहित अन्य ७ समूह बढेको छ भने बाँकी ५ समूह घटेको छ । सबैभन्दा बढी निर्जीवन बीमा समूहका लगानीकर्ताले गुमाएका छन् ।






