११ भाद्र २०८३, बिहीबार
,
Latest
विपद् व्यवस्थापनमा साझा संयन्त्र र प्रभावकारी पूर्वसूचना प्रणालीमा जोड चीन कठिन समयमा नेपालसँगै छ : राजदूत झाङ माओमिङ विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन वैकल्पिक लाइनबाट नुवाकोटका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति सुचारु भोटेकोशी बाढीपीडितका लागि कांग्रेसद्वारा सहयोग अभियान भोटेकोशी बाढी : तनहुँमा भेटिएका नौ शव पोखरा ल्याइयो निजी हेलिकप्टर उडानमा कडाइ, सरकारी समन्वयबिना खोज तथा उद्धार नगर्न निर्देशन बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

साढे ९ अंकले बढ्यो शेयर बजार, होटल तथा पर्यटनमा झुमिए लगानीकर्ता



अ+ अ-

काठमाडौँ । बुधवार शेयर बजार ९ अंकले बढेर बन्द भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.६१ अंकले बढेर बन्द भएको हो । बजार बन्द हुँदा नेप्से ०.३६ प्रतिशतले बढेर परिसूचक २६६५.६० बिन्दुमा पुगेको छ ।

नेप्से बढ्दा ६ अर्ब ६९ करोड २९ लाख ७१ हजार रुपैयाँ बराबरको १ करोड ३६ लाख २० हजार ८३८ कित्ता शेयर कारोबार भएको छ । बजार बन्द हुँदाको समयमा १४२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १०४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ११ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज दिनभरमा ३२२ वटा कम्पनी कारोबारमा आउँदा ९१ हजार ७०५ पटक शेयर किनबेच भएको छ । आज ६ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

आज लगानीकर्ता होटल तथा पर्यटन समूहमा झुमिएका छन् । १३ वटा समूहमध्ये सबैभन्दा बढी यही समूह बढेको छ । उक्त समूह ०.९९ प्रतिशतले बढेको हो । सँगै आज होटल तथा पर्यटन सहित अन्य ७ समूह बढेको छ भने बाँकी ५ समूह घटेको छ । सबैभन्दा बढी निर्जीवन बीमा समूहका लगानीकर्ताले गुमाएका छन् ।