१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुम्लामा निःशुल्क आँखा शिविरः अपाङ्गता र ज्येष्ठ नागरिक लाभान्वित



अ+ अ-

सिमकोट । हुम्ला सदरमुकाम सिमकोटमा सञ्चालित निःशुल्क आँखा शिविरमा ६१२ सेवाग्राही लाभान्वित भएका छन् । तीमध्ये ६९ जनाको मोतीबिन्दुको निःशुल्क शल्याक्रियासमेत गरिएको थियो ।

नेपाल नेत्रज्योति सङ्घ हुम्ला शाखा, नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित हिमालय आँखा अस्पताल पोखराद्वारा रेडी आई फाउण्डेशनको आर्थिक एवं प्राविधिक सहयोगमा सञ्चालित सो तीन दिने शिविरमा निः शुल्क आँखा परीक्षण, औषधि वितरण, मोतीबिन्दु शल्यक्रिया र चस्मा वितरण गरिएको थियो ।

जिल्लाका नाम्खा, सिमकोट, खार्पुनाथ, सर्केगाड र चङ्खेली गाउँपालिकालाई लक्ष्य गर्दै आयोजना गरिएको सो शिविरमा हिमालय आँखा अस्पताल पोखरामा सेवारत नेत्ररोग विशेषज्ञ डा अनिल पराजुलीको नेतृत्वको स्वास्थ्य टोलीले सेवा प्रदान गरेका थिए ।

नेत्ररोग विशेषज्ञ डा पराजुलीले मोतीबिन्दु रोग पत्ता लागेका सबै सेवाग्राहीको निःशुल्क शल्यक्रिया गरिएको जानकारी दिनुभयो । शिविरमा बालबालिका, ज्येष्ठ नागरिक तथा आँखाका समस्या भएका सेवाग्राही लाभान्वित भएका थिए ।

न्यून दृष्टि भएका बालबालिका तथा फरक क्षमता भएका सेवाग्राहीका लागि आवश्यकताअनुसार थप उपचार तथा चस्मा वितरणको व्यवस्था गरिएको थियो । यसपछि हुम्लाको अदानचुली गाउँपालिकामा पनि शिविर सञ्चालन हुने रेडी आई फाउण्डेशनले जनाएको छ ।

शिविर सञ्चालन गर्न नेपाल रेडक्रस सोसाइटी शाखा र जिल्ला आँखा उपचार केन्द्रले पनि समन्वय गरेका थिए ।