२५ जेष्ठ २०८३, सोमबार
,
Latest
इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुम्लामा निःशुल्क आँखा शिविरः अपाङ्गता र ज्येष्ठ नागरिक लाभान्वित



अ+ अ-

सिमकोट । हुम्ला सदरमुकाम सिमकोटमा सञ्चालित निःशुल्क आँखा शिविरमा ६१२ सेवाग्राही लाभान्वित भएका छन् । तीमध्ये ६९ जनाको मोतीबिन्दुको निःशुल्क शल्याक्रियासमेत गरिएको थियो ।

नेपाल नेत्रज्योति सङ्घ हुम्ला शाखा, नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित हिमालय आँखा अस्पताल पोखराद्वारा रेडी आई फाउण्डेशनको आर्थिक एवं प्राविधिक सहयोगमा सञ्चालित सो तीन दिने शिविरमा निः शुल्क आँखा परीक्षण, औषधि वितरण, मोतीबिन्दु शल्यक्रिया र चस्मा वितरण गरिएको थियो ।

जिल्लाका नाम्खा, सिमकोट, खार्पुनाथ, सर्केगाड र चङ्खेली गाउँपालिकालाई लक्ष्य गर्दै आयोजना गरिएको सो शिविरमा हिमालय आँखा अस्पताल पोखरामा सेवारत नेत्ररोग विशेषज्ञ डा अनिल पराजुलीको नेतृत्वको स्वास्थ्य टोलीले सेवा प्रदान गरेका थिए ।

नेत्ररोग विशेषज्ञ डा पराजुलीले मोतीबिन्दु रोग पत्ता लागेका सबै सेवाग्राहीको निःशुल्क शल्यक्रिया गरिएको जानकारी दिनुभयो । शिविरमा बालबालिका, ज्येष्ठ नागरिक तथा आँखाका समस्या भएका सेवाग्राही लाभान्वित भएका थिए ।

न्यून दृष्टि भएका बालबालिका तथा फरक क्षमता भएका सेवाग्राहीका लागि आवश्यकताअनुसार थप उपचार तथा चस्मा वितरणको व्यवस्था गरिएको थियो । यसपछि हुम्लाको अदानचुली गाउँपालिकामा पनि शिविर सञ्चालन हुने रेडी आई फाउण्डेशनले जनाएको छ ।

शिविर सञ्चालन गर्न नेपाल रेडक्रस सोसाइटी शाखा र जिल्ला आँखा उपचार केन्द्रले पनि समन्वय गरेका थिए ।




भर्खरै