१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा

‘अनौठो गुफा’ प्रचारप्रसारका लागि खुला

‘अनौठो गुफा’ प्रचारप्रसारका लागि खुला
अ अ+ अ-

पवित्रा घिमिरे, तानसेन । स्थानीय नागरिकको माग गरेपछि पाल्पाको रामपुरमा रहेको ‘अनौठो गुफा’को प्रचारप्रसारका लागि खुला गरिएको छ । रामपुर नगरपालिका–४ रामघाट भुलादी खोला भुद्रुङघाटमा गत वर्ष मात्रै फेला परेको सो गुफा हेर्ने मानिसको भीड लागेको थियो । साँघुरो स्थानमा भीड बढेपछि दुर्घटना हुन सक्ने भन्दै प्रवेशद्वारमा ढुङ्गा र सिमेन्टले बन्द गरिएको थियो । पाल्पाको रामघाट क्षेत्रमा रहेको सप्तगुफालाई धार्मिक हिसाबले समेत हेरिएको छ ।

स्थानीयले बाहिरी भागमा सानो दुलो देखेपछि खोज गर्ने क्रममा पत्ता लागेको स्थानीयवासी दिनेश कुमालले बताउनुभयो । २०७५ सालको वैशाखमा स्थानीयले फेला पारेको गुफाभित्र, मन्दिर, शङ्ख, शिवलिङ्ग, हात्तीका चित्र, भगवान्का विभिन्न आकृति, पानीका धारा, पानी पोखरीलगायतका आकृति देख्न सकिन्छ । तीन तहका कोठा रहेको गुफा नजिकै वशिष्ठ गुफा, कौशिक गुफा, दुम्सी गुफा, सातपत्रे गुफा र चमेरे गुफा, गुप्त गुफासमेत रहेको छ । वशिष्ठ गुफाको बारेमा पुराणमा समेत उल्लेख भएकाले पनि धार्मिक हिसाबले महत्वपूर्ण मानिने स्थानीय मीनराज रेग्मीले बताउनुभयो ।

विभिन्न भगवानका आकृति, उनीहरुको बासस्थान रहेको अनुमान लगाउन सकिने दृश्यले जो कसैलाई आकर्षित गर्छ । करिब १५० मिटर लम्बाइ रहेको गुफाभित्र करिब एक हजार मानिस अट्ने आँकलन गर्न सकिन्छ । त्रेता युगमा रामले भ्रमण गरेको तथ्यसँग जोडिएको रामपुरमा भेटिएको गुफा पनि यसकै आकृतिका रुपमा समेत लिन सकिन्छ ।

भगवान् रामसँग जोडिएको रामघाट, रामचेबन, रानीवन, सीताकुण्ड, रानीवासलगायतका ठाउँको नामकरण गरिएको छ । भगवान्ले स्नान गरेका, पानी वाण हानेर निकालेका, खाना पकाएका चुलो, मन्दिरलगायतका स्थानले पनि रामपुर क्षेत्र धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो ।

प्रसस्तै चमेरासमेत भेट्न सकिने गुफाको संरक्षण सम्वद्र्धन गरी यसको प्रचारप्रचार गरेमा थुप्रै पर्यटक भित्र्यान सकिने आधार छ । गुफाभित्रका आकृति चोरी हुने र गुफाको अस्तित्व हराउने डरले गुफा बन्द गरेर राखिएको सामुदायिक रानीवन तथा बडबान वन उपभोक्ता समितिका सचिव हमिदअलि मिँयाले जानकारी दिनुभयो ।

गत वर्ष गुफा फेला पारेपछि हेर्नेको भीड लागेको र गुफामा पस्ने ठाउँ साँघुरो भएकाले केही दुर्घटना हुने डरले स्थानीय प्रशासनले गुफा बन्द गरेको हो । प्राकृतिक सुन्दरताले भरिएको पाल्पा अनेकन पर्यटकीय गन्तव्यका आधार भएपछि कतिपय अझै संरक्षण सम्वद्र्धनका कारण ओझेलमा छन् । जोखिमका हिसाबले गुफा केही व्यवस्थापन मिलाउने रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाको जोड छ ।

मानिसले नै तयार पारेको तालपोखरी क्षेत्र प्रचारप्रसारका कारण रामपुर आउने पर्यटक जसरी तालपोखरा पुग्छन् । यहाँ भएका गुफा मठमन्दिर, शालिग्रामलगायतको प्रचारप्रचार हुनु पनि उत्तिकै आवश्यक रहेको लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बुद्धिप्रकाश रेग्मीको भनाइ छ । उहाँले भगवान् रामचन्द्र तथा पाण्डवले बनवासको क्रममा रामपुर आउँदा वरिष्ठ ऋषिले त्यस ठाउँमा तपस्या गरेको कुरा पुराणमा समेत उल्लेख भएकाले गुफाको महत्व रहेको बताउनुभयो । गुफासम्म पुग्नका लागि रामपुर नगरपालिका–४ ले बाटो निर्माणको काम थालेको छ । विज्ञको टोलीले अध्ययन गरेपछि मात्रै गुफामा पस्ने व्यवस्था मिलाइने र धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने नगरपालिकाको योजना छ ।