१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा

‘नेपालमा ६ महिनासम्म औषधिको अभाव हुँदैन’

‘नेपालमा ६ महिनासम्म औषधिको अभाव हुँदैन’
अ अ+ अ-

काठमाडौं । नेपाल औषधि उत्पादक संघले ६ महिनासम्म औषधिको अभाव नहुने बताएको छ ।

भारतले २६ प्रकारका औषधि निर्यातमा प्रतिवन्ध लगाएपछि नेपालमा औषधि अभाव हुने आँकलन भइरहेका बेला संघले यस्तो बताएको हो । संघका निवर्तमान अध्यक्ष दीपक प्रसाद दाहालले जनवरीमा मात्रै ३८ मेट्रिक टन पारासिटामोल आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कच्चा पदार्थ र तयारी वस्तु गरेर हामीसँग मौज्दात भएको ३ महिनाका लागि हो । भर्खरै नेपाल औषधि व्यवसायी संघले पनि प्रेस विज्ञप्ती जारी गर्दै ३ महिनाको लागि छ भनेर भनेको छ । भनेपछि नेपालमा यी वस्तुहरु ६ महिनासम्म पुग्छन् । हामी आत्तिनुपर्ने अवस्था छैन् ।’

संघका महासचिव बिप्लव अधिकारीले नेपाल ७५ प्रतिशत औषधिमा आत्मनिर्भर रहेको बताउनुभयो । अफ्ठ्यारो अवस्थामा सरकारले विदेशमा माग्नुभन्दा नेपाली उद्योगिहरुलाई प्रोत्साहन गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले ७५ प्रतिशत औषधिमा हामी आत्मनिर्भर छौँ । विदेशीले जुनसुकै बेला रोक्यो भने पनि तयार छौँ । हार गुहार गर्नुपर्ने अवस्था छैन् । सरकारले प्रोत्साहन ग¥यो भने २ वर्षमा नेपाली औषधि उद्योगहरुलाई पूर्ण रुपले आत्मनिर्भर बनाउँछौँ ।’

चीनको वुहान सहरबाट फैलिएको कोरोनाको संक्रमणले विश्वलाई त्रसित बनाएको छ । भारतले पनि २६ प्रकारका औषधि र कच्चा पदार्थको निर्यातमा प्रतिवन्ध लगएपछि नेपाली बजारमा औषधिको अभाव हुन सक्ने भन्दै आंकलन भइरहेको बेला संघले ६ महिनासम्म कुनै अभाव नहुने बताएको हो ।