५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल उसु महासंघले वैधानिकता सम्बन्धी विवादमा आधिकारिक धारणा सार्वजनिक गर्यो



अ+ अ-

काठमाडौं। नेपाल उसु महासंघले पछिल्लो समय विभिन्न माध्यममार्फत फैलिँदै आएका “असत्य, भ्रामक तथा गैर–तथ्यात्मक” सूचनाप्रति गम्भीर आपत्ति जनाउँदै आधिकारिक विज्ञप्ति जारी गरेको छ।

महासंघले आफू राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा मान्यता प्राप्त वैधानिक संस्था भएको पुनः स्पष्ट पार्दै वास्तविक तथ्य सार्वजनिक गरेको हो।

विज्ञप्तिअनुसार २०७९ सालमा सम्पन्न महासंघको साधारणसभा तथा निर्वाचन पूर्ण रूपमा राखेपको नियमावलीअनुसार सम्पन्न भएको थियो। सो साधारणसभाबाट चयन भएको कार्यसमितिलाई राखेपले वैधानिकरूपमा मान्यता प्रदान गरिसकेको महासंघले जनाएको छ।

अवैधानिक रूपमा नेतृत्व दाबी गर्नेहरूको दाबी अस्वीकृत

महासंघका अनुसार २०७९ माघमा केही व्यक्तिहरूले अवैधानिक रूपमा वैकल्पिक कार्यसमिति दावी गर्ने प्रयास गरेका थिए। तर राखेपले २०८० वैशाख २३ गते सो दावीलाई पूर्ण रूपमा अस्वीकृत गर्दै विद्यमान कार्यसमितिलाई नै वैधानिक ठहर गरिसकेको उल्लेख छ।

यससँगै नेपाल उसु महासंघको आधिकारिक नेतृत्व २०७९/१२/२४ मा सम्पन्न लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित समितिनै रहेको महासंघले पुनः पुष्टि गरेको छ।

राष्ट्रिय कार्यक्रम र छनोट प्रक्रिया नियमित रूपमा सञ्चालन
महासंघले राखेपको निर्देशन अनुसार विभिन्न राष्ट्रिय तथा नियमित कार्यक्रमहरू अविच्छिन्न रूपमा सञ्चालन भइरहेको जनाएको छ। तीमध्ये—
•१६ औँ राष्ट्रिय उसु च्याम्पियनसिप २०८०,
•११ औँ राष्ट्रिय खेलकुदका लागि उसु खेलाडी छनोट,
•तथा अन्य स्वीकृत कार्यक्रमहरू

समेत उल्लेखनीय रूपमा सुचारु गरिएको बताइएको छ। २०८१ वैशाख १५ र १६ मा सम्पन्न उसु खेलाडी छनोट प्रतियोगिता पनि पूर्ण वैधानिक, पारदर्शी र प्रक्रियागत रूपमा सम्पन्न भएको महासंघको दाबी छ।

उसुको नाम दुरुपयोग रोक्न कारबाहीको माग

महासंघले केही व्यक्तिहरूले उसुको नाममा अव्यवस्था फैलाउने, झुटा सूचना प्रवाह गर्ने तथा खेल समुदायमा भ्रम सिर्जना गर्ने गतिविधि गरिरहेको भन्दै राखेपको निर्णयअनुसार तिनविरुद्ध कानुनी कारबाही आवश्यक रहेको जनाएको छ। राखेप बोर्डले यसअघि पनि यस्ता गतिविधि नियन्त्रण गर्न निर्देशन दिइसकेको उल्लेख गरिएको छ।

महासंघका महासचिव नवराज ढुगांनाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ “नेपाल उसु महासंघ राखेपद्वारा मान्यता प्राप्त वैधानिक संस्था हो। ११ औँ राष्ट्रिय खेलकुदका तयारीसहित महासंघका सबै गतिविधि निर्धारित अनुसार अघि बढिरहेका छन्। खेलाडी, प्रशिक्षक तथा सर्वसाधारणलाई भ्रममा पार्ने कुनै पनि भ्रामक प्रचारप्रति नपरिदिन सबैलाई अनुरोध गर्दछौं।”

महासंघले खेलकुद समुदाय, सदस्य संगठनहरू, प्रशिक्षक तथा खेलाडीलाई आधिकारिक सूचना बाहेक अन्य स्रोतबाट आएका दाबीमा विश्वास नगर्न आग्रह गरेको छ।

महासचिव नवराज भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ “नेपाल उसु महासंघ राखेपद्वारा मान्यता प्राप्त वैधानिक संस्था हो। ११ औँ राष्ट्रिय खेलकुदका तयारीसहित महासंघका सबै गतिविधि निर्धारित अनुसार अघि बढिरहेका छन्। खेलाडी, प्रशिक्षक तथा सर्वसाधारणलाई भ्रममा पार्ने कुनै पनि भ्रामक प्रचारप्रति नपरिदिन सबैलाई अनुरोध गर्दछौं।”

महासंघले खेलकुद समुदाय, सदस्य संगठनहरू, प्रशिक्षक तथा खेलाडीलाई आधिकारिक सूचना बाहेक अन्य स्रोतबाट आएका दाबीमा विश्वास नगर्न आग्रह गरेको छ।