५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला हुँदै



अ+ अ-

गण्डकी। पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा यही मङ्सिर १७ देखि २१ गतेसम्म ३४औँ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३औँ क्यान इन्फोटेक सञ्चालन हुने भएको छ ।

‘लगानीको सम्वर्द्धन : उद्योग–व्यवसायको प्रवर्द्धन’ भन्ने आदर्श नारासहित आयोजना गरिएको उक्त मेला पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा सञ्चालन हुनेछ ।

सङ्घद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष गोकर्ण कार्कीले गण्डकी प्रदेशमा व्यावासयिक सम्भावनाको खोजी तथा उद्यमशीलता प्रवद्र्धनको उद्देश्यले मेला आयोजना गरिएको बताउनुभयो ।

“पोखरालगायत गण्डकी प्रदेशकै औद्योगिक, कृषिजन्य, हस्तकला, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत क्षेत्रका उत्पादनको प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पु¥याउने उद्देश्यले मेला आयोजना गरिएको हो”, उहाँले भन्नुभयो । मेलामा एक सय २० व्यावसायिक ‘स्टल’ रहने अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

‘जेनजी’ प्रदर्शनपछि गिरेको निजी क्षेत्रको मनोबल उकास्न यस्ता मेला–महोत्सवले मद्दत पुग्ने र आर्थिक गतिविधि पनि बढ्ने उहाँको भनाइ छ । मेलामा औद्योगिक उत्पादन, सूचना–प्रविधिका सामान, हस्तकला, कृषिजन्य उत्पादनलगायतको प्रदर्शनी तथा बिक्री कक्ष रहने जनाइएको छ ।

मेलामा उद्यमशीलता प्रवद्र्धन, लगानीमैत्री नीति, नवप्रर्वतन, सूचना–प्रविधि र कृषिसँग सम्बन्धित विषयमा परिसंवाद कार्यक्रम पनि सञ्चालन गरिने भएको छ । मेलामा दर्शकको आकर्षण बढाउन परम्परागत एवं मौलिक सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिने अध्यक्ष कार्कीले बताउनुभयो ।

कम्युटर एसोसिएसन अफ नेपाल (क्यान), कास्की शाखाका अध्यक्ष पुरुषोत्तम कुँवरले मेलामा सूचना–प्रविधिसँग सम्बन्धित हार्डवेयर र सफ्टवेयर उत्पादनको प्रदर्शनी तथा बिक्री कक्ष रहने जानकारी दिनुभयो । “केही नयाँ प्रडक्ट लन्चसमेत गर्ने तयारीमा छौँ, आइसिटीसम्बन्धी अन्तरक्रिया, करिअर काउन्सिलिङलगायतका कार्यक्रम मेलामा हुनेछन्”, उहाँले भन्नुभयो ।

मेलाबाट रु ५० लाख आम्दानी हुने र ४५ लाख खर्च हुने आयोजकको अनुमान छ । मेलाबाट बचत भएको रकम उद्यमशीलता प्रवद्र्धन तथा व्यवसायीको क्षमता अभिवृद्धिमा खर्च हुने जनाएको छ । मेलामा प्रवेश निःशुल्क गरिएको छ । मेला सफल पार्न मणिपाल अस्पतालसँग सहकार्य गरिएको सङ्घले जनाएको छ ।

कम्युटर एसोसिएसन अफ नेपाल (क्यान), कास्की, नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेश मेलाको सह–आयोजक रहेको छ ।

गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड मेलाको प्रवद्र्धकको भूमिकामा रहेको सङ्घका अध्यक्ष भण्डारीले बताउनुभयो । सङ्घले विसं २०४२ मा पहिलोपटक पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना गरेको थियो । रासस