३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरसबाट इटालीमा १४८ जनाको मृत्यु



अ+ अ-

राेमः इटालीमा प्राणघातक कोरोना भाइरसबाट १४८ जनाको ज्याान गएको छ । इटालीमा बिहीबारमात्र ४१ जनाको मृत्यु भएको छ । यो समेतगरी यहाँ यस भाइरसको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या १४८ पुगेको हो । इटालीका विभिन्न २२ वटा शहरमा यसको प्रकोप देखिएको छ ।

इटालीले देशैभरिका विद्यालय, विश्वविद्यालय बन्द गराएको छ । सरकारले यो भाइरसको नियन्त्रणका विभिन्न कार्यक्रम घोषणा गरी कार्यान्वयन गराएको छ । उता संयुक्तराज्य अमेरिकाको क्यालिफोर्नियामा पनि यस प्राणघातक कोरोना जीवाणु (भाइरस)का कारण एक व्यक्तिको मृत्यु भएपछि सङ्कटकाल घोषणा गरिएको छ ।

विश्वभर हाल कोरोना सङ्क्रमित व्यक्तिको सङ्ख्या ९६ हजारभन्दा बढी पुगिसकेको छ, र तीमध्ये करिब ८० भन्दाबढी हजार चीनमा रहेको बिबिसीले जनाएको छ । गत डिसेम्बरको अन्त्यबाट चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको यस कोरोना भाइरस सक्रमणबाट चीनमा मात्र तीन हजारभन्दा बढीको मृत्यु भएको छ ।

कोरोनाकै कारण दक्षिण कोरियामा हालसम्म ४३ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी छ हजार ५९३ जनामा कोरोना सङ्क्रमण देखिएको शुक्रबार प्राप्त एक समाचारमा जनाइएको छ । जोखिम नियन्त्रण गर्न दक्षिण कोरियाका प्रधानमन्त्री चुङ स्ये–क्यूनले अनुहारमा लगाउने मास्क विदेश निर्यात गर्न प्रतिबन्ध लगाइएको घोषणा गर्नु भएको छ । एएफपीबाट