२३ जेष्ठ २०८३, शनिबार
,
Latest
देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपीएल अवैध सट्टेबाजीमा दुई करोड माथि कारोबार, १० जना पक्राउः नेपाल प्रहरी



अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा अवैध अनलाइन सट्टेबाजीमा दुई करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको पाइएको बताएको छ ।

काठमाडौं प्रहरी परिसरले सोमवार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी गराएको हो । प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले एनपीएल चलिरहेको बेला राजधानीमा सक्रिय अनलाइन बेटिङ समूहहरूविरुद्ध काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विशेष अभियान सञ्चालन गर्दै १० जनालाई पक्राउ जानकारी दिनुभयो ।

अनुसन्धानका क्रममा डिजिटल वालेटहरूमा करिव दुई करोड पाँच लाख रुपैयाँ बराबरको कारोबार भएको प्रमाण फेला परेका प्रहरी उपरीक्षक भट्टराईले बताउनु भयोे । उहाँले स्टेक डटकम, बेडबुक डटकम लगायतका वेबसाइटहरू तथा यससँग सम्बन्धित अन्य एप्लिकेसनहरू अनलाइन बेटिङका लागि प्रयोग गरिएकोे बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एनपीएल चलिरहेको अवस्थामा अनलाइन बेटिङमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको सक्रियतामा, अगुवाइमा र हामीले हाम्रो साथमा जम्मा दश जना व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धान भइराखेको अवस्था छ । दुईवटा ग्रुपमा गरेर । करिव, करिव दुई करोड पाँच लाखको ट्रान्ज्याक्सन भएको वालेटहरुमा ट्रान्ज्याक्सन भएको देखिन्छ । केन्द्रिय इन्भेस्टिगेसनकै क्रममा हाम्रो कस्टडिमै छ अहिले र यसमा स्टेक डडकम, बेडबुक डटकम जस्ता वेबसाइटहरु वेटिङका लागि प्रयोग भएका छन् र यसैसित रिलेटेड अन्य एप्लिकेसनहरु पनि बेटिङ्को रुपमा इन्भल्ब भएको जानकारी गराउँछु ।’

नेपाल प्रहरीले अनलाइन जुवा र डिजिटल माध्यमबाट हुने आर्थिक अपराधहरूलाई नियन्त्रणमा ल्याउन थप अनुसन्धान र कारबाही जारी राख्ने जनाएको छ ।