१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपीएल अवैध सट्टेबाजीमा दुई करोड माथि कारोबार, १० जना पक्राउः नेपाल प्रहरी



अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा अवैध अनलाइन सट्टेबाजीमा दुई करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको पाइएको बताएको छ ।

काठमाडौं प्रहरी परिसरले सोमवार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी गराएको हो । प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले एनपीएल चलिरहेको बेला राजधानीमा सक्रिय अनलाइन बेटिङ समूहहरूविरुद्ध काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विशेष अभियान सञ्चालन गर्दै १० जनालाई पक्राउ जानकारी दिनुभयो ।

अनुसन्धानका क्रममा डिजिटल वालेटहरूमा करिव दुई करोड पाँच लाख रुपैयाँ बराबरको कारोबार भएको प्रमाण फेला परेका प्रहरी उपरीक्षक भट्टराईले बताउनु भयोे । उहाँले स्टेक डटकम, बेडबुक डटकम लगायतका वेबसाइटहरू तथा यससँग सम्बन्धित अन्य एप्लिकेसनहरू अनलाइन बेटिङका लागि प्रयोग गरिएकोे बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एनपीएल चलिरहेको अवस्थामा अनलाइन बेटिङमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको सक्रियतामा, अगुवाइमा र हामीले हाम्रो साथमा जम्मा दश जना व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धान भइराखेको अवस्था छ । दुईवटा ग्रुपमा गरेर । करिव, करिव दुई करोड पाँच लाखको ट्रान्ज्याक्सन भएको वालेटहरुमा ट्रान्ज्याक्सन भएको देखिन्छ । केन्द्रिय इन्भेस्टिगेसनकै क्रममा हाम्रो कस्टडिमै छ अहिले र यसमा स्टेक डडकम, बेडबुक डटकम जस्ता वेबसाइटहरु वेटिङका लागि प्रयोग भएका छन् र यसैसित रिलेटेड अन्य एप्लिकेसनहरु पनि बेटिङ्को रुपमा इन्भल्ब भएको जानकारी गराउँछु ।’

नेपाल प्रहरीले अनलाइन जुवा र डिजिटल माध्यमबाट हुने आर्थिक अपराधहरूलाई नियन्त्रणमा ल्याउन थप अनुसन्धान र कारबाही जारी राख्ने जनाएको छ ।