१९ मंसिर २०८२, शुक्रबार
,
Latest
चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो त न तपाईँको हातमा थियो, न हाम्रो हातमा थियो कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतसँग गरिएको विद्युत खरिद सम्झौताबाट एक अर्ब २० करोड फाइदा भयोः मन्त्री घिसिङ



अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले भारतको पिटिसी कम्पनीसँग विद्युत खरिद सम्झौता गरेर सरकारले एक अर्ब २० करोड बराबर मुनाफा गरेको दाबी गर्नुभएको छ ।

सोमवार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

मन्त्री घिसिङले सो विद्युत खरिद सम्झौता गरेर सरकारले गैरकानूनी ढंगले ४३ करोड गुमाएको र यसमा ठूलै आर्थिक चलखेल भएको भन्ने आरोप सत्य नभएको जिकिर समेत गर्नुभयो । पिइसीको ८ रुपैयाँ १० पैसाको रेट भन्दा अहिलेको ६ रुपैयाँ ९५ पैसाको रेटले करिव १ अर्व २० करोड मुनाफा दिएको उल्लेख गर्दै उहाँले त्यसलाई क्षतिको रुपमा लिन नसकिने समेत दोहो¥याउनु भयो । सरकारले तत्काल सो सम्झौता गरेर विद्युत खरिद नगरेको भए मुलुकमा लोडसेडिङ गर्नुपर्ने अवस्था आउने मन्त्री घिसिङको भनाई थियो ।

उहाँले भन्नुभयो,‘अब यसमा उहाँले भन्नुभयो छ यो कन्ट्रयाकमा ४३ करोड डिफरेन्समा दिनुभयो । ६ रुपैयाँ ७४ पैसामा नकिनेर ६ रुपैयाँ ९५ पैसामा किनेर ४३ करोड घाटा गर्नुभयो उहाँहरुले भनेर त्यसमा ठूलो चलखेल भयो भनेर कहाँ  कहाँबाट बाहिर आयो । लेख्नुभयो । पहिलो कुरा अघि उहाँले भनिसक्नु भयो । यो कन्ट्रयाक गरेर विद्युत प्राधिकरणले अहिले ८ रुपैयाँ १० पैसामा किन्नुपर्ने बाध्यतात्मक स्थिति थियो । पिइसी कन्ट्रयाकमा बिहार र युपीबाट । यदि यो कन्ट्रयाक नगरेको भए । त्यो भएको हुनाले हामीले एक अर्ब २० करोेड रुपैयाँ बचाएका छौँ । त्यो त हामीले बाध्यात्मक रुपमा लिनैपर्छ । नत्र लोडसेडिङ गर्नुपर्ने पनि हुन सक्छ । त्यो भएको हुनाले त्यो पिइसीको ८ रुपैया १० पैसाको रेट भन्दा अहिलेको ६ रुपैयाँ ९५ पैसाको रेट १ रुपैयाँ १५ पैसा हामीलाई नाफा छ । करिव १ अर्व २० करोड हामीलाई फाईदा छ । अर्को ७ रुपैयाँ ७० पैसाको जुन कोड गरेको थियो एमविविएनले । त्यसबाट हेर्दा हामीलाई ७५ करोड फाईदा छ । अर्को पनि एउटा मेकानिज्म छ । हरेक दिन हामीले ट्रडिङबाट लिन्छौं । ३ वटा मार्केटबाट हामी पावर लिन्छौं । डे अहेड मार्केट । भोलीको रातको १२ बजेसम्मको हामीले आज १० बजे बिड गर्छौ । त्यो अटोमेटिक रेट हुन्छ । हामीले किन्नुपर्छ ।’

मन्त्री घिसिङले सरकारले आवश्यकअनुसार भारतसँग डे टु डे पनि विद्युत खरिद सम्झौता गर्ने गरेको बताउनु भयो । तत्कालको आवश्यकता पूर्ति गर्न सरकारले सो नीति लिने गरेको उहाँले स्पष्ट पार्नुभयो ।