२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

महेश बस्नेतमाथि आक्रमण प्रयासप्रति नेतृ झाँक्रीको आपत्ति



अ+ अ-

विराटनगर । नेकपा (एमाले) नेतृ रामकुमारी झाँक्रीले नेता महेश बस्नेतमाथि विराटनगरमा भएको आक्रमण प्रयासप्रति तीव्र आपत्ति जनाउँदै सरकारले घटनामा संलग्न व्यक्तिहरूलाई कडा कारबाही गर्न माग गरेकी छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले यो घटनाले आफू “अत्यन्तै दुःखित” भएको उल्लेख गरेकी छन्।

“अपराधिक मानसिकताका व्यक्ति” निरन्तर रूपमा यस्ता घटना गराउने प्रयासमा देखिनु चिन्ताजनक विषय रहेको उनको भनाई छ ।

झाँक्रीले लेखेकी छन्–
“महाभारतमा पाण्डवले युद्ध जिते, कौरवहरू हारे, कारण पाण्डवहरूको अभूतपूर्व एकता हो। आज विराटनगरमा क. महेश बस्नेतमाथि आक्रमण प्रयास हुँदा अत्यन्त दुःख लाग्यो। सरकारले यस्ता पात्रलाई समातेर कारबाही गरोस्। यस्ता अपराधिक मानसिकताका एक–दुई व्यक्तिले जहिले पनि यस्तो कार्य गर्छन्। हामी सचेत बन्नुपर्छ, पार्टीपंक्ति एउटै मिसनमा लागौँ।”

उनले पार्टीभित्र एकता र सतर्कता आवश्यक रहेको उल्लेख गर्दै एमाले नेता–कार्यकर्तालाई एउटै लक्ष्य र प्रतिबद्धतासहित अघि बढ्न पनि आह्वान गरेकी छन्।




भर्खरै