काठमाडौँ । नेपाल प्रीमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा काठमाण्डु गोर्खाज र विराटनगर किंग्सबीचको खेल जारी छ ।
टियु मैदानमा जारी खेलमा काठमाण्डुले विराटनगरलाई १३५ रनको लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङ थालेको टोलिले २० ओभरमा ६ विकेट गुमाएर १३४ रन जोड्यो । उसका लागि मोहम्मद आदिल आलमले अविजित ४८ रनको योगदान दिए । २५ बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे । यस्तै, बेन चाल्र्सवर्थले ३२ रन जोडे भने सन्तोष यादवले २६ रन बनाए ।
बलिङतर्फ मर्चेन्ट डि लान्जले दुई तथा शुभम रञ्जने, सुर्य तामाङ र सन्दीप लामिछानेले एक–एक विकेट लिए ।










