१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसको निष्कर्षः वर्तमान राजनीतिको उचित निकास नै निर्वाचन



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले अन्तरिम सरकारले फागुन २१ गते घोषणा गरेको निर्वाचनमा भाग लिने निर्णय गरेको छ ।

नेपाली काँग्रेसको केन्द्रिय समितिको बैठकले निर्वाचनमा भाग लिने निर्णय गरेको पार्टीका प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिनुभयो । जेन–जी आन्दालनपछि विकसित राजनितिको उचित निकास निर्वाचन नै भएको उहाँले बताउनु भयो । उहाँले अन्तरिम सरकार गठन तथा प्रतिनिधि सभा विघठनको विषय राजनीति मात्रै नभई संवैधानिक पनि भएकोले सवोच्च अदालतले यसको अन्तिम व्याख्या गर्ने बताउनु भयो । २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा भईसकेको अवस्थामा वर्तमान राजनीतिको उचित निकास निर्वाचन भएको ठहर गर्दै नेपाली काँग्रेस निर्वाचनमा भाग लिने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । निर्वाचनमार्फत नै संविधानको रक्षा तथा जेन–जी प्रदर्शनका क्रममा परिवर्तनमा उठाइएको आवाजलाई संस्थागत रुप दिँदै देशलाई अघि बढाउन सकिने उहाँले बताउनु भयो । काँग्रेसले निर्वाचनको लागि उचित वातावरण बनाउन समेत सरकारसँग माग गरेको छ । हजारौँ कैदीबन्दी जेल बाहिर हुनु, आन्दोलनका क्रममा लुटिएका हात हतियार फिर्ता ल्याउन नसक्नु, राजनीतिक दलहरुका कार्यक्रममा अवरोध गर्नु जस्ता कार्यले निर्वाचनको लागी उचित वातावरण नभएको काँग्रेसले जनाएको छ ।

उहाँले भन्नुभयो, ‘अहिले अन्तरिम सरकार गठन तथा प्रतिनिधिसभा विघठन र निर्वाचनको मिति घोषणा भईसकेको अवस्थामा यो विषय राजनीति मात्रै नभई संवैधानिक पनि भएको र सम्मानित सवोच्च अदालतमा यो विषय विचारधीन रहेकोले सर्वोच्च अदालतबाट अन्तिम व्याख्या हुनेछ भन्ने नेपाली काँग्रेस विश्वास गर्दछ । २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा भईसकेको अवस्थामा वर्तमान राजनितिको् उचित निकास निर्वाचन नै हो भन्ने ठहर गर्दै नेपाली कांग्रेस निर्वाचनमा भाग लिने निर्णय गर्दछ । निर्वाचन मार्फत नै संविधानको रक्षा तथा जेनजी प्रर्दशनका क्रममा परिवर्तनमा उठाईएको आवाजलाई संस्थागत रुप दिँदै देशलाई अघि बढाउन सकिन्छ भन्ने हाम्रो भएका दृढ विश्वास रहेको छ ।’ 

काँग्रेसले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागी निर्वाचन आयोग दर्ता गर्ने निर्णय गरेको छ । जेन–जी आन्दोलनमा भएका मृतकहरुलाई क्षतिपुर्ती दिन र घाईतेहरुको उचित उपचार गर्न, भदौ २४ गते भएको आगजानी, लुटपाट र आक्रमणमा संलग्नलाई कारबाही गर्न, आर्थिक क्षति पुगेका व्यवसायिक प्रतिष्ठानलाई उचित क्षतिपूर्ति प्रदान गरी लगानीको वातावरण बनाउन पनि काँग्रेसले सरकारसँग माग गरेको छ । काँग्रेसले सबै पक्षलाई संयमित भएर आफ्ना गतिविधि सञ्चालन गर्न पनि आग्रह गरेको छ ।