३० श्रावण २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा सबैका लागि बस्न योग्य देश बनाउनु नै सरकारको मूल नीति होः मुख्यसचिव कार्की बजेट कार्यान्वयन र आर्थिक सुधारका लागि नेपाल उद्योग परिसंघको जोडः ७० बुँदे ‘बजेट वाच’ दस्तावेज… मलेसियाको निर्माण क्षेत्रमा ८.८ प्रतिशतको वृद्धि, ४७.८ अर्ब रिंगिट बराबरको काम सम्पन्न होर्मुज जलसन्धिलाई अमेरिकी क्षेत्र घोषणा गर्ने ट्रम्पको अभिव्यक्ति बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण १५ जनामा औलो रोगको सङ्क्रमण पहिरो र बाढीले विभिन्न सडकमा यातायात प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ बसपार्कमा पोको पारेर फालिएको अवस्थामा शव फेला



अ+ अ-

काठमाडौं । राजधानीको नयाँ बसपार्कको मुख्य गेटअगाडि आज बिहान एउटा पोको पारेर फालिएको अवस्थामा शव फेला परेको छ। स्थानीयले शंकास्पद पोका देखेपछि प्रहरीलाई जानकारी गराएका थिए।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका अनुसार पोका खोलेर जाँच गर्दा भित्र एउटा शव भेटिएको हो। शवको पहिचान हुन बाँकी छ। घटनास्थल सुरक्षित गरी फरेन्सिक टोलीले अनुसन्धान सुरु गरेका छन्।

प्रहरीका अनुसार शव कति समयअघि त्यहाँ फालिएको हो भन्नेबारे प्रारम्भिक अनुमान गर्न सकिने अवस्था छैन। आसपासका सिसीटिभी फुटेज सङ्कलन भइरहेको र घटनासँग सम्बन्धित जो कोहीलाई छिट्टै पहिचान गरिने प्रहरीको दाबी छ।

स्थानीय बासिन्दाले बसपार्क क्षेत्र पछिल्ला दिनमा झन् असुरक्षित हुँदै गएको भन्दै सुरक्षा कडाइको माग गरेका छन्। घटनाबारे अनुसन्धान जारी छ।