२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ बसपार्कमा पोको पारेर फालिएको अवस्थामा शव फेला



अ+ अ-

काठमाडौं । राजधानीको नयाँ बसपार्कको मुख्य गेटअगाडि आज बिहान एउटा पोको पारेर फालिएको अवस्थामा शव फेला परेको छ। स्थानीयले शंकास्पद पोका देखेपछि प्रहरीलाई जानकारी गराएका थिए।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका अनुसार पोका खोलेर जाँच गर्दा भित्र एउटा शव भेटिएको हो। शवको पहिचान हुन बाँकी छ। घटनास्थल सुरक्षित गरी फरेन्सिक टोलीले अनुसन्धान सुरु गरेका छन्।

प्रहरीका अनुसार शव कति समयअघि त्यहाँ फालिएको हो भन्नेबारे प्रारम्भिक अनुमान गर्न सकिने अवस्था छैन। आसपासका सिसीटिभी फुटेज सङ्कलन भइरहेको र घटनासँग सम्बन्धित जो कोहीलाई छिट्टै पहिचान गरिने प्रहरीको दाबी छ।

स्थानीय बासिन्दाले बसपार्क क्षेत्र पछिल्ला दिनमा झन् असुरक्षित हुँदै गएको भन्दै सुरक्षा कडाइको माग गरेका छन्। घटनाबारे अनुसन्धान जारी छ।