२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीमा घट्यो शान्ति मिसन आकर्षण



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा जान २०४८ फागुन २९ बाट सुरु गर्यो। तत्कालीन युगोस्लाभियाबाट सुरु भएको यो क्रम अहिले पनि छ। प्रहरीमा जागिर खाएपछि कम्तिमा एकपटक शान्ति मिसन गएर आर्थिक जोहो टार्ने धेरैको इच्छा देखिन्छ। तर, पछिल्लो समयमा शान्ति मिसनको संख्या ह्वात्तै घटेको छ। प्रहरी मुख्यालयको अभिलेखअनुसार २०४८ फागुनदेखि हालसम्म आठ हजार तीन सय २० जना शान्ति मिसनमा गएको देखिन्छ।

यो अवधिमा ४८ जना प्रहरी वरिष्ठ उपरीक्षक, एक सय ९६ जना प्रहरी उपरीक्षक, डिएसपी आठ सय ४७ जना, प्रहरी निरीक्षक एक हजार दुई सय ६५ जना, प्रहरी नायब निरीक्षक एक हजार सात सय १७ जना, प्रहरी सहायक निरीक्षक एक हजार एक सय २७ जना, प्रहरी हवल्दार एक हजार ६ सय ३३ जना, प्रहरी जवान एक हजार चार सय ६३ जना र फलोअर्स एक सय ९४ जनाले मिसन गएको देखिन्छ। १७ वटा मुलुकमा शान्ति मिसनमा गएको प्रहरी अहिले जम्मा पाँचवटा मुलुकमा मात्रै सीमित रहेको देखिन्छ। फर्म पुलिस युनिट (एफपीयू) मा जाँदा प्रहरीले वार्षिक १५ लाख रुपैयाँ बचत गर्छन्। अर्को युएनले अफिसर तोकेरै माग्दा एसएसपी, एसपी र डिएसपीसम्मको दर्जा मिसनमा जाँदा वार्षिक झन्डै ७० देखि ८० लाख रुपैयाँसम्म बचत गर्छन्।

युगोस्लाभिया, स्लोभानिया, बोस्निया, कोसोभो, कम्बोडिया, मोजाम्बिक, नेदरल्याण्ड, रुवाण्डा, इराक, पूर्वी टिमोर, सिरियालोन, कंगो, अफगानिस्तान, लाइबेरिया, हाइटी, सुडान, आइभरिकोष्ट, सोमालिया, इटाली र मालीमा पुगेको प्रहरीको शान्ति मिसन टोली अहिले खुम्चिएर सुडान, कंगो, सोमालिया, डार्फर र मालीमा मात्रै सीमित छ। शान्ति मिसनको संख्या घट्दै गएपछि प्रहरीको आकर्षणसमेत घट्दै गएको देखिन्छ। प्रहरी मुख्यालयमा भेटिएका एक प्रहरी अधिकृतले भने, ‘अब मिसन पनि घट्यो, बढुवा हुन र राम्रो स्थानमा सरुवा हुन कि हाकिमको नजिक हुनुपर्ने कि राम्रा नेताको पहुँच हुनुपर्ने भयो। प्रहरीको आकर्षण कमजोर हुँदै गयो।’

एकातिर मिसन घट्दै जाने र अर्कोतिर प्रहरी समायोजन हुन थालेपछि धेरै प्रहरी कर्मचारीमा निराश देखिन्छन्। खासगरी शान्ति मिसन सम्बन्धित मुलुकले आवश्यक ठानेपछि राष्ट्रसंघमार्फत त्यसको कोटा आउने गर्छ। कतिपय मुलुकमा शान्ति स्थापना हुँदै गएपछि मिसन स्वतः कटौती हुँदै जान्छ। प्रहरी मुख्यालय आफैंले पनि सरकारसँग समन्वय गरेर शान्ति मिसनका लागि प्रस्ताव लैजान सक्छ। प्रहरी मुख्यालयमा प्रहरी उपरीक्षकको नेतृत्वमा यूएन महाशाखा छ।

उसैले प्रहरी महानिरीक्षकको निर्देशनअनुसार मिसनमा खटिनेका लागि परीक्षा र तालिमको व्यवस्थापन गर्दै आएको छ। विगतमा एउटै दर्जाका प्रहरी अधिकृत तीन पटकसम्म मिसनमा जाने र हाल मिसन अभावका कारण प्रहरी कर्मचारी तलबकै भरमा जीविकोपार्जन गर्ने अवस्था आएपछि प्रहरीभित्र असन्तुष्टी बढ्दै गएको देखिन्छ।

प्रहरी केन्द्रीय प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले धेरैजसो मुलुकमा आवश्यक नभएपछि संयुक्त राष्ट्रसंघले नै मिसन बन्द गरेको बताए। उनले भने, ‘कतिपय मुलुकमा शान्ति स्थापना भइसकेको भन्दै मिसन बन्द भएका छन्। जुन प्रयोजनका लागि पठाइएको हो त्यो प्रयोजन सफल भएपछि मिसन बन्द भएको हो।’ क्षेत्रीले युएनले आवश्यक परे फेरि मिसन संख्या बढाउन सक्ने भएकाले त्यो प्रस्ताव आए आफू तयारी अवस्थामा रहेको बताए। अन्नपुर्णपोष्ट दैनिक




भर्खरै