२१ आश्विन २०८१, सोमबार
,
Latest
विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमा कोरोना नियन्त्रणतिर, भेटिएनन् नयाँ बिरामी



अ+ अ-

काठमाडौं । चीनले महामारीको रूप लिएको कोरोना भाइरसलाई लगभग नियन्त्रणमा ल्याएको छ।

आइतबार चीनभित्र जम्मा ४० जनामा मात्र थप संक्रमण देखिएको छ। यी नयाँ बिरामी पनि हुबेई प्रान्तको राजधानी वुहानमा मात्र भेटिएका हुन्। यसको अर्थ कोरोनाको उदगमस्थल वुहानभन्दा बाहिर कोरोना नियन्त्रणमा आइसकेको छ। हुबेई प्रान्त भन्दाबाहिर विदेशबाट आएका चार जनाबाहेक अरूमा आइतबार नयाँ संक्रमण देखिएको छैन। कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि घटेको छ यद्यपी रोकिएको भने छैन। आइतबार वुहानबाट कोरोनाका कारण २२ जनाले ज्यान गुमाएका छन्।

नयाँ संक्रमितको संख्या घट्नुलाई चिनियाँ अधिकारीहरूले ठूलो सफलता मानेका छन् किनभने एक महिनाअघि चीनमा कोरोनाको संक्रमण दर दिन दुई गुणा रात चौगुणा बढिरहेको थियो।

फेब्रुअरी ४ मा एकैदिन ३ हजार ८ सय ८७ जना नयाँ संक्रमित भेटिएका थिए।

जनवरी २३ देखि वुहान सहरलाई पूर्ण रूपमा बन्द गरिएको थियो। सहर बन्द गरिए पनि संक्रमणको दर वुहानबाहिर पनि बढेको थियो।

कोरोनाभाइरसका कारण अहिलेसम्म चीनमा ३ हजार १ सय १९ मानिसले ज्यान गुमाए छन् भने ८० हजार ३ सय ७५ जना बिरामी भएका छन्।

कोरोनाको कहर चीनमा घटे पनि इरान र इटालीमा भने तीव्र गतिमा फैलिरहेको छ।

इटालीमा एकैदिन १ सय ३३ जनाको मृत्यु भएको छ। बिबिसीका अनुसार योसँगै इटालीमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३६६ पुगेको छ।

त्यहाँ नयाँ संक्रमितको संख्या पनि २५ प्रतिशतले बढेको छ। यो संख्या ७,३७५ बाट ५,८८३ मा पुगेको त्यहाँको नागरिक सुरक्षा निकायले जनाएको छ।

यसैगरी इटालीका सेनाप्रमुख साल्भातोरे फारिनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमित सेनाप्रमुख फारिनाले आफू ठीक रहेको र ुसेल्फ(‍क्वारेन्टाइनुमा रहेको बताएका छन्।

संक्रमण नियन्त्रणका लागि इटालीले पछिल्लो समय निक्कै कडा कदम चालेको छ।

उसले लोम्बार्दी र १४ प्रान्तका १ करोड १६ लाख मानिसको आवतजावतमा कडाइ गरेको छ। विशेष अवस्थामा बाहेक बिना अनुमति घरबाहिर ननिस्कन भनेको छ।

प्रधानमन्त्री जुजेपे कोन्टेले कोरोनाभाइरसको संक्रमणलाई ध्यानमा राख्दै देशभरका स्कुल, कलेज, जिमखाना, म्युजियम, नाइट क्लबलगायतका सार्वजनिक स्थलहरू बन्द गर्ने घोषणा गरिसकेका छन्।

पछिल्लो समय इरानमा पनि यसको संक्रमण उच्च देखिएको छ।

इरानमा ६ हजार ५ सय ६६ मामिला पुष्टि भएको छ भने १९४ जनाको ज्यान गइसकेको छ।