एजेन्सी । भारतको राजधानी दिल्ली–एनसीआरमा प्रदूषण लगातार बढिरहेको छ।
बिहीबार दिल्लीको एयर क्वालिटी इन्डेक्स ५०६ पुगेको छ । जुन खतरनाक श्रेणीमा पर्छ। विश्वभरको वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था ‘आईक्यू एयर’को लाइभ र्याङ्किङमा दिल्ली विश्वकै सबैभन्दा प्रदूषित सहर घोषित भएको छ।
दिल्ली सरकारले बढ्दो वायु प्रदूषणका कारण नोभेम्बर–डिसेम्बरमा सबै विद्यालयहरूमा हुने खेलकुद कार्यक्रम रोक्ने निर्णय गरेको छ।
यसअघि अक्टोबर १८ मा दिल्ली–एनसीआरमा प्रदूषणबारे सर्वोच्च अदालतले पनि दिल्लीका विद्यालयहरूमा खेलकुद सम्बन्धी कार्यक्रम नगर्न सुझाव दिएको थियो।










