२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामबहादुर बम्जनको सम्पत्ति शुद्धीकरण मुद्दा सर्वोच्च अदालतमा पेसीमा चढ्यो



file
अ+ अ-

काठमाडौँ । सर्लाही जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि कारागारमा चलान भएका रामबहादुर बम्जनको सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) मुद्दा अब सर्वोच्च अदालतमा सुनुवाइको लागि पेसीमा आएको छ।

सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले मुद्दा सुनुवाइका लागि पेसी तोकेको हो। बम्जनमाथि २०८१ फागुन ५ गते सर्लाही जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता भएको थियो।

जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएपछि बम्जनले जनकपुर उच्च अदालतमा यसविरुद्ध उजुरी गरेका थिए। उच्च अदालतले जिल्ला अदालतको आदेशलाई सदर गरेपछि बम्जनले थुनामुक्त गर्न दफा ७३ अन्तर्गत निवेदन दर्ता गर्दै सर्वोच्चमा पुगेका हुन्।

बम्जनमाथि कुल ८ करोड २७ लाख ५९ हजार ४८१ रुपैयाँ बिगोसहित सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता भएको थियो। अदालतले बिगोको दोब्बर जरिवाना र कसुरको मात्रा अनुसार कैद सजाय माग गरेको थियो।

यसअघि सर्लाही जिल्ला अदालतले बम्जनलाई एक नाबालिका अनुयायी ‘आनी’ माथि यौन दुराचार गरेको आरोपमा पनि सजाय सुनाएको थियो।

२०८१ असारमा अदालतले उनलाई १० वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्ति तोकेको थियो। तर बम्जनले उच्च अदालत जनकपुरमा पुनरावेदन दिएका थिए, जसमा उच्च अदालतले जिल्ला अदालतको फैसला उल्टाउँदै उनलाई २०७८ चैत ६ गते सफाइ दिएको थियो।

उच्च अदालतबाट सफाइ पाएसँगै बम्जन जेलमुक्त भएका थिए।