३१ भाद्र २०८३, बुधबार
,
Latest
विपद् व्यवस्थापनका लागि स्पष्ट टीओआरसहित संसदीय समिति गठन गर्न कांग्रेस सचेतक राईको माग भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा भेटिएपछि कारवाही गर्न निर्देशन यस्ता छन् बुधबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू अभिभावकविहीन र बेवारिसे बालबालिकालाई कानुनी संरक्षणको दायरामा ल्याइँदै विदेशी नागरिकका लागि ‘पासपोर्ट फ्री ट्राभल’ प्रणाली ल्याउँदै अध्यागमन विभाग कांग्रेसको वडा अधिवेशन निर्धारित मितिमै हुने, करिब ९ हजार निर्वाचन अधिकृत फिल्डमा चिलिमे जलविद्युत् केन्द्रका कर्मचारीको मृत्युमा कुलमान घिसिङद्वारा दुःख व्यक्त भोटेकोशी बाढीः १४ शव पहिचान, ८१ जनाको डिएनए सङ्कलन बालबालिकालाई सहानुभूतिले होइन, अधिकारसम्पन्न नागरिकका रूपमा हेर्न सांसदहरूको जोड हेटौंडामा यात्रुवाहक बसमा ढुंगा प्रहार गर्ने पाँच जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दैनिक तीन कप कफी पिउने बानीले हुन्छ यस्तो फाइदा



अ+ अ-

काठमाडौँ । एक अनुसन्धानका अनुसार दिनमा तीन पटक कफी पिउनाले तपाईको आयु बढ्न सक्छ । यो अनुसन्धान यूरोपको दश देशका करिब पाँच लाख मानिसमा गरिएको थियो । यो अनुसन्धान ३५ वर्ष भन्दा कम उमेरका मानिसहरुमा गरिएको थियो । 

एनाल्स अफ इन्टरनेल मेडिसिन नामको जर्नमा छापिएको शोधका अनुसार एक कप अतिरित्त कफी पिउनाले कुनै पनि मानसिको आयु लामो हुन सक्छ । भलै यो कफी डिकफिनेटेड किन नहोस् । 

तर केही विशेषज्ञाले शोधको नतिजामा शंका व्यक्त गरेका छन् । यी विशेषज्ञका अनुसार कफिकै कारण मानिसको आयु बढेको दाबी गर्न नसकिने बताएका छन् । उनीहरुले कफीका कारण भन्दा कफी पिउने मानिसको जीवनशैलीका कारण आयु बढेको भन्दै प्रश्न गरेका छन् । 

इन्टरनेशनल एजेन्सि फर रिसर्च अन क्यान्सर एण्ड इम्पेरियल कलेज लण्डनका शोधकर्ताका अनुसार अधिक कफी पिउनेको सम्बन्ध मुटु र अन्य विरामीका कारण हुने मृत्युको जोखिम कम गर्नेसँग सम्बन्धित छ । 

क्याब्रिज विश्वविद्यालयका प्रोफेसर सर डेविड स्पीगलहालटरका अनुसार यदी कफीका कारण मृत्युको दरमा कमीका आकलन गरिन्छ भने एक अतिरित्त कप कफी हरेक दिन पिउनाले पुरुषको उमेर तीन महीना भन्दा धेरै र महिलाको आयु औसत एक महिना बढ्न जान्छ ।




भर्खरै