१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

रग्बी टोली बङ्गलादेश प्रस्थान



अ+ अ-

काठमाडौँ। बङ्गलादेश इन्टरनेसनल रग्बी सिरिजमा सहभागी हुन २६ खेलाडीसहित ३० सदस्यीय नेपाली टोली आज बङ्गलादेशको ढाका प्रस्थान गरेको छ ।

ढाका प्रस्थान गर्ने खेलाडीहरुमा श्रीराम श्रेष्ठ, विराट श्रेष्ठ, विवेश वासु, विक्रम पुरी, नवीन महर्जन, कपिल सापकोटा, सरोज कपाली, रोहन डङ्गोल, सन्दीप राई, गणेश बानियाँ, रोशन बम्जन, नवीनबहादुर मगर, प्रमेश चौधरी, सुरज रानामगर, पुजन फेवाली, मिलन थापा, शेरबहादुर वली, सञ्जय अधिकारी, मोहम्मद इसाद हुसैन, अनिल माझी, अनिश श्रेष्ठ, विष्णु खड्का, रमितबहादुर माल, निरोज कार्की, दिपेन्द्र चौधरी र मशेस सुनार रहेका छन्

नेपालले यही मङ्सिर ७ गते र मङ्सिर ८ गते खेल खेल्नेछ । नेपाली टोलीको प्रशिक्षकमा कृष्ण थापा र विनोद तामाङ तथा व्यवस्थापकमा गोपाल क्षेत्री र फिजियोमा देवन थापा छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङ, राखेपका सदस्यत्रय प्रकाशकुमार कुसारी, अञ्जना श्रेष्ठ र हिमालकुमार श्रेष्ठ, नेपाल रग्बी सङ्घका अध्यक्ष दीपक देवकोटा, महासचिव गोविन्द घिमिरेलगायतले आज यहाँ आयोजित  एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।

यो प्रतियोगिता गत भदौ २९ देखि ३१ गतेसम्म नेपालमा हुने तय भएको थियो । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण उक्त प्रतियोगिता स्थगित भएको थियो ।