१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसद्वारा युद्धका क्रममा मृत्यु भएका करिब एक हजार युक्रेनी सैनिकको अवशेष फिर्ता



अ+ अ-

युक्रेन। युक्रेनले बिहीबार रुसबाट युद्धका क्रममा मृत्यु भएका करिब एक हजार युक्रेनी सैनिकको अवशेष प्राप्त गरेको बताएको छ।

किएभ र मस्कोबीच युद्धबन्दीहरूको आदान–प्रदान र मृत सैनिकहरूको अवशेष आदानप्रदान गर्ने सहमति अन्तर्गत ती सैनिकका अवशेष प्राप्त भएको किएभले जनाएको छ।

युद्धबन्दीहरूको उपचारका लागि किएभको समन्वय मुख्यालयले सामाजिक सञ्जालमा भनेको छ, “आज, मृतक सैनिक र सर्वसाधारण व्यक्तिको अवशेष फिर्ता गर्ने काम भएको छ। रुसी पक्षले युक्रेनी सैनिकको भएको दाबी गरेका एक हजार शवहरू युक्रेनलाई बुझाएको छ।”

उक्त निकायका अनुसार अनुसन्धानकर्ता र विज्ञहरूले चाँडै नै सबै आवश्यक परीक्षण गर्नेछन् र स्वदेश फर्काइएका शवहरूको पहिचान गर्नेछन् ।

रुसी सरकारी सञ्चारमाध्यमले अज्ञात स्रोतलाई उद्धृत गर्दै मारिएका एक हजार युक्रेनी सैनिकको शवको बदलामा ३० जना रुसी सैनिकको अवशेष हस्तान्तरण गरिएको जनाएको छ ।

सार्वजनिक रूपमा उपलब्ध जानकारीका अनुसार किएभले युद्धको अवधिभर मस्कोबाट कुल १५ हजार मृतक सेना र नागरिकका अवशेष फिर्ता पाउको छ। रासस