१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत

कोरोना संक्रमित पहिलोे नेपाली भन्छन्– डाक्टरहरु डराए, त्यसैले घरैमा उपचार गरेँ

कोरोना संक्रमित पहिलोे नेपाली भन्छन्– डाक्टरहरु डराए, त्यसैले घरैमा उपचार गरेँ
अ अ+ अ-

काठमाडौँ । नेपालमा पहिलो पटक कोरोना भाइरसका संक्रमित भनिएका एकजना युवाले आफ्नो उपचार गर्न डाक्टरहरु नै डराएको खुलासा गरेका छन् । तर अहिले भने उनी निको भएर नियमित कामकाजमा फर्किएका छन् । नेपालगन्जका उनले सो जानकारी दिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म चार जनाको ल्याब परीक्षण गरिएको र माघ ९ गते चीनबाट नेपाल फर्किएका ती युवाबाहेक अरूको रिपोर्ट अहिलेसम्म नेगेटिभ आएको छ ।

मन्त्रालयले बिरामीको परिचय गकोप्य राख्ने चाहना प्रकट गर्दै उनी अहिले आफ्नो काममा फर्किसकेको समेत जानकारी दिएपछि नेपाल समाचारपत्रले बिरामीलाई नै भेटेर कुराकानी गर्दा उनले भने– ‘हो, परीक्षणमा मलाई पोजिटिभ देखाइएको थियो, तर अस्पतालमा मैले राम्रो उपचार पाइनँ । आफ्नै पहलमा उपचार गरें, अहिले परीक्षण गर्दा कोरोना भाइरस नभएको अर्थात् नेगेटिभ रिजल्ट आएको छ ।’ बिरामीका अनुसार चीनबाट काठमाडौं हुँदै नेपालगन्जसम्मको यात्रा पूरा गरी घर पुग्दा ज्वरो आयो। तत्काल नेपालगन्जबाट पुनः उनी काठमाडौं फर्के र सरकारको एक मात्र सरुवारोग अस्पताल शुक्रराज ट्रपिकल टेकु पुगे। सामान्य बिरामीसरह दुई घण्टा लाइन बसेर ल्याब परीक्षण गराए।

‘ल्याब परीक्षणको रिपोर्ट आउन दुईदेखि तीन दिन लाग्ने भएकाले उनलाई टेकू अस्पतालको विशेष कक्षमै भर्ना गरियो। ‘तर म अस्पतालको वातावरण देखेर निराश भएँ र अस्पताल छोडें। अस्पताल छोडेको दोस्रो दिन मेरो रिपोर्ट आयो र अस्पतालले फोन गरेर बोलायो। अस्पताल पुग्दा कोरोना भाइरस भएको अर्थात पोजेटिभ रिपोर्ट आएछ, यो सुनेर म आत्तिएँ। अस्पतालले अब एक्लै अस्पतालको छुट्टै कोठामा बसेर उपचार गराउनुपर्छ भन्ने जानकारी गरायो। मेरा लागि अस्पतालमा बस्नु भनेको जेल जीवन बिताएजत्तिकै कठिन थियो।’

उनले अस्पताल छोडे। अस्पताल प्रशासनले पनि लाचारी देखायो, उनले डाक्टरहरू स्वयं पनि रोगसँग डराएको पाएँ र आफ्नै जोखिममा आफैं उपचार गर्ने निर्णय सुनाउँदै घर फर्कें। अस्पतालले पनि कोरोना भाइरसको औषधी दिन नसक्ने उनले बुझेका थिए। ‘माघ २३ गते अस्पतालबाट डिस्चार्ज भएर घरमै बसी आफ्नो स्वास्थ्यको ख्याल आफैले गरेँ’ –उनले नेपाल समाचारपत्रलाई बताए। एक सातापछि उनी फेरि परीक्षणका लागि अस्पताल पुगे। बिरामीले भने– ‘मेरो (यालको पुनः परीक्षण गरियो, रिपोर्ट नेगेटिभ आयो। अस्पतालले अझै क्वारेनटाइनमा बस्नुपर्छ भनेको थियो। तर मैले मानिनँ।’

बिरामीका अनुसार, उनी घरमा छुट्टै कोठा र शौचालय प्रयोग गर्थे, उनलाई सघाउने परिवारका सदस्यसँग पनि आमुन्ने–सामुन्ने र निकट भएर बस्दैनथे। सरसफाइ र संक्रमणमा कडाइका साथ ध्यान दिएका कारण उनी त निको भए नै, अरूलाई पनि रोग सारेनन्। उनी अस्पतालमा भर्ना भएकै समयमा आफ्ना कागजपत्र बोकेर अस्पतालले डिस्चार्ज नै नगर्दै अस्पतालबाट बाहिरिएका र मोबाइल नम्बरका आधारमा पुनः उनलाई अस्पताल बोलाई राखिएको अस्पताल स्रोतले जनाएको छ। यो अवधिमा ती युवाले क–कसलाई भेटे, कहाँ बसे, कति व्यक्तिको सम्पर्कमा गए भन्ने कुराको नेपाल सरकारसँग कुनै जानकारी छैन। आजको नेपाल समाचारपत्रमा समाचार छ ।