२१ आश्विन २०८१, सोमबार
,
Latest
विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं भ्यु टावरका ठेकेदार भेटवाल पक्राउ



अ+ अ-

काठमाडौं । काठमाडौं भ्यु टावरका सञ्चालक तथा ठेकेदार मनोज कुमार भेटवाल पक्राउ परेका छन् । जलेश्वर स्वच्छन्द विकोई विल्डर्ससका सञ्चालक समेत रहेका भेटवाललाइ दिल्लीबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लनासाथ आज विहान महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो।

७५ लाख १० हजार रुपैयाँको बैकिङ कसुरको मुद्दामा उनी फरार रहँदै आएका थिए। उच्च अदालत पाटनबाट बैकिङ कसुरको मुद्दामा फरार रहेका भेटवाललाई परिसरले खोजी गर्दै आएको थियो। यसअघि पनि भेटवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले एपेक्स बैंक घोटाला प्रकरणमा पक्राउ गरेको थियो।

काठमाडौं महानगरपालिकाले २०७१ फागुन ८ गते भेटवालको जलेश्वर स्वच्छन्द विकोई विल्डर्ससँग सार्वजनिक निजी साझेदारीमा २९ तले बहुउदेश्यिय काठमाडौं भ्यु टावर निर्माण सम्झौता गरिएको थियो। तर भेटवालले निर्माण कार्य नै राक्दै आएका छन्।