१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत

जनशक्ति नहुँदा एक्सरे मेसिन प्रयोग बिहीन

जनशक्ति नहुँदा एक्सरे मेसिन प्रयोग बिहीन
अ अ+ अ-

तनहुँ । प्राथमिक स्वास्थ्य केन्द्र भिमादमा रहेको एक्सरे मेसिन प्रयोग बिहीन भएको छ । स्वास्थ्यसेवा विभागले प्रदान गरेको एक्सरे मेसिन चलाउने दक्ष जनशक्ति नहुँदा दुई वर्षदेखि प्रयोग मेसिन प्रयोग बिहीन भएको हो । स्वास्थ्य केन्द्रमा दैनिक ६०/७० जना बिरामी उपचारको लागि आउने गरेका छन् भने त्यसमध्ये लगभग १०/१५ जना एक्सरे गर्नुपर्ने भएपनि उनीहरुलाई सेवा दिन नसकिएको केन्द्रका प्रमुख डा. प्रकाश नेपालीले बताए । उनले भने, “ एक्सरे गर्नुपर्ने बिरामीलाई सिधैँ पोखरा पठाउँदै आएका छौँ ।”

भीमाद बजार क्षेत्रमासमेत रेडियोलोजिष्ट नहुँदा सेवाग्राहीले गुणस्तर सेवा पाउन सकेका छैनन् । उक्त स्वास्थ्य केन्द्रमा स्याङ्जाको चित्रेभञ्ज्याङ, घिरिङ, ऋषिङ, पाटनलगायतका क्षेत्रबाट बिरामी उपचारको लागि आउने गरेका छन् । पछिल्लो समय बीमा गरी उपचारको लागि आउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको डा. नेपालीले बताए । “नेपाल सरकारबाट प्राप्त ६३ किसिमका औषधि निःशुल्क रुपमा वितरण गर्दै आएका छौँ । व्यवस्थापन समितिद्वारा निर्णय गरी बीमा नगरेका अन्य बिरामीका लागि फार्मेसीमा औषधि खरिद गर्दा ८ प्रतिशत छुटको व्यवस्था गरिएको छ”, उनले भने ।

उनका अनुसार गत आर्थिक वर्षमा रु १३ लाखको औषधि खपत भएको स्वास्थ्य केन्द्रले जनाएको छ । उक्त स्वास्थ्य केन्द्रमा चौबिसै घण्टा सेवा दिँदै आएइको छ । उनले भने, “डेलिभरी, आँखा उपचार, आकस्मिक लगायतका सेवा चौबिसै घण्टा दिँदै आएका छौँ ।” बिरामीको लागि फार्मेसीमा औषधि नभए मगाएर भए पनि सेवा दिने गरिएको र केन्द्रलाई १५ श्यया क्षमताको बनाउने तयारी भइरहेको उनले जानकारी दिए।