काठमाडौ । नेपाली बजारमा सुनले एकपछि अर्को किर्तीमान बनाएको छ । मंगलबार तोलामा दुई सय रुपैयाँले बढेर सुनले नयाँ कीर्तिमान बनाएको हो ।
नेपाल सुनचाँँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावल सुनको प्रतितोला ८२ हजार सात सय र तेजावी सुन ८२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य भने अघिल्लो कारोवार दिनको तुलनामा प्रतितोला १० रुपैयाँले घटेर ८ सय ८० रुपैयाँ कायम छ । फागुन २३ गते तोलामा एकै पटक १८ सयले बढेको सुनको मूल्य केही दिन स्थीर जस्तो देखिएको थियो ।
अघिल्ला वर्षहरु फागुन महिनामा दैनिक ४० किलोसम्म बिक्री हुने सुन यस पटक मुस्कीलले १० देखि १५ किलो हाराहारी मात्रै बिक्री हुने गरेको व्यवसायीहरुले बताएका छन् ।