१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत

‘वर्ष ५७ का जुँगेबहादुर कक्षा २ मा’

‘वर्ष ५७ का जुँगेबहादुर कक्षा २ मा’
अ अ+ अ-

पुरुषोत्तम थापा, दुल्लु । नारायण नगरपालिका–२ भैरवटोलका जयबहादुर सुनार ‘जुँगे’ ५७ वर्षको हुनुभयो । उहाँ आफ्नै वडामा रहेको श्री खड्ग आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययन गर्नुहुन्छ । बिहान सबेरै उठ्नुहुन्छ, अनि घरको जे काम छ सकाउनुहुन्छ् । जब ९ बज्छ उहाँ विद्यालय जानका लागि तयार हुनुहुन्छ । एक हातमा लौरो, एक हातमा कान्छो छोराको कान्छी छोरी अर्थात नातिनी, काँधमा झोला । अनि अर्की जेठी नातिनी पनि साथमा लिएर सँगै विद्यालयतर्फ लम्कनुहुन्छ ।

विद्यालय जाने समयमा आफ्नी श्रीमती धर्मालाई खाना पस्किन र पोसाक तयारी गर्दिन आग्रह गर्नुहुन्छ । श्रीमती धर्मा कहिलेकाहीँ भन्नुहुन्छ, “मर्ने बेलामा हरियो काँक्रो ।” उमेर ढल्केका श्रीमान्को स्कूले जीवन देख्दा धर्मा अचम्म मान्नुहुन्छ । धर्मा कहिलेकाहीँ ठट्ठा गर्नुहुन्छ, “यो बूढाले कहिले पढाइलेखाइ गर्नुहोला र कहिले जागिर खानुहोला, उहाँ कसैको कुरा नसुनेर नियमित विद्यालयमा जानुहुन्छ ।” विद्यालयको पोसाकमा बिहान १० बजे नियमित राष्ट्रियगान र अभ्यासमा सहभागिता जनाउनुहुन्छ । रोचक त के छ भने उहाँ स्कूलमा पुग्ने बित्तिकै सम्पूर्ण विद्यार्थी र शिक्षकहरूले ‘बाजे नमस्ते १’ भन्दै अभिवादन गर्छन् । विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीले आदर–सम्मान गर्ने गर्दछन्, जयबहादुरलाई ।

सोही विद्यालयको व्यवस्थापन समितिको पूर्वसदस्य समेत रहनुभएका जयबहादुरको स्कूले जीवन देख्दा जो कोही पनि आश्चर्य मान्छन् तर उहाँलाई कसैको मतलब छैन, मतलब छ त पढाइ–लेखाइको । बिहान १० बजे नातिनीसँग विद्यालय जाने र बेलुकी ४ बजे घर फर्किने उहाँको दैनिकी बनेको छ अहिले ।

बेलुकाको खाना खाइसकेपछि जयबहादुरका कान्छा छोरा जनकले आफ्नी छोरीलाई भन्नुहुन्छ, “जाऊ बाजेले कस्तो लेख्नुभयो, चेक गरेर आऊ ।” अनि नातिनी बाजेको गृहकार्य चेक गर्न जान्छिन्, बाजेको कोठातिर । नातिनीसँगको दैनिकी र पढाइ–लेखाइ गर्न लागेको जयबहादुरको दुई वर्ष भयो । कक्षा १ मा उहाँ विद्यालयको नै प्रथम विद्यार्थी हुनुभयो २०७५ मा । अहिले पनि विद्यालयमा राम्रो विद्यार्थीका रूपमा चिनिनुहुन्छ् ।

आखिर उहाँलाई ढल्कँदो उमेरमा विद्यालय जाने आशा कसरी पलायोे त १ सबैको मनमा लाग्ने कुरा यही नै हो । जयबहादुर विगत लामो समयदेखि पिसाबसम्बन्धीको बिरामी हुनुहुन्छ । उहाँका भाइहरुले दुई वर्षपहिले उपचारका लागि नेपालगञ्ज नर्सिङ होममा लगे । “तीन घण्टा हराइयो”, उहाँ मुस्कुराउँदै भन्नुहुन्छ, “लेखेको कुरा पढ्न नजानेर महिलाको शौचालयमा गइयो, आफ्नो ‘बेड’ नं थाहा नपाएर अर्काको ‘बेडमा’ गइयो । डाक्टरहरु रिसाउनुभयो ।” उहाँलाई त्यहिबेला पढाइ–लेखाइ अमूल्य रहेछ भन्ने लागेछ । “त्यसैको झोकले भाइलाई विद्यालयमा नाम लेखाइदिन भनेँ, भाइले कक्षा १ मा नाम लेखाए र गत सालदेखि ‘खुरुखुरु’ स्कूल जान थालेँ”, उहाँले भन्नुभयो, “अहिले अङ्गेजी धेरै नआए पनि नाम लेख्नदेखि सबै नेपाली ‘खरर’ पढ्न सक्ने भएँ ।”

जयबहादुुरका मात्रै चार छोरा र तीन छोरी छन् । परिवारको ज्येष्ठ सदस्य उहाँका सात भाइमध्ये प्रायः कोही सरकारी जागिरे छन् भने कोही प्रहरी त कोही सामाजिक अभियानकर्मीका रूपमा सक्रिय छन् । जयबहादुरका माइला भाइ सन्तबहादुर सुनार अहिले रक्षा मन्त्रालयमा सहसचिव हुनुहुन्छ । उहाँको शिक्षित परिवार । जयबहादुरका सबै छोराछोरी पनि धेरथोर पढेलेखेकै छन् । आफू नपढेकोमा पुछुतो पनि थियो ।

“सानो छँदा गाईभैँसीको गोठाला र अलि ठूलो भएपछि कालापहाडमा ९भारत० मजदूरी गर्न जाने गरियो । शिक्षाको महत्व नै बुझिएन”, उहाँ भन्नुहुन्छ, “नेपालगञ्जमा यस्तो घटना भएपछि थाहा भयो कि शिक्षाको महत्व कति रहेछ ।”

जयबहादुरलाई गाउँमा सबैले ‘जुँगे’ भनेर चिन्दा रहेछन् । उहाँ भन्नुहुन्छ, “सबैले प्रशंसा गर्छन् ।” जयबहादुरका भाइ जनक सुनार भन्नुहुन्छ, “दाजुको यो पढाइले समाजमा केही सन्देश प्रवाह गरेको छ । घरपरिवारको पहिचान बनेको छ ।”

खड्ग आधारभूत विद्यालयका प्रधानाध्यापक रमेश थापा भन्नुहुन्छ, “उहाँ हाम्रो अभिभावक हो । अहिले आएर विद्यार्थी बन्दा विद्यालय परिवारमा थप प्रेरणा थपिएको छ । बालबालिकाको भन्दा स्मरण शक्ति उहाँको कम छ तर पनि उहाँले हरेक कुराहरु सजिलै स्मरण गर्नुहुन्छ । विद्यालयको शोभा बढेको छ ।”