१९ मंसिर २०८२, शुक्रबार
,
Latest
२३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यानमारमा ठगीमा परेका ३७ नेपाली स्वदेश फर्काइए



अ+ अ-

काठमाडौँ: आकर्षक रोजगारीको प्रलोभनमा परी म्यानमारमा ठगिएका ३७ नेपाली नागरिकलाई आज थाइल्याण्डबाट स्वदेश फर्काइएको छ ।

विभिन्न माध्यमबाट म्यानमारमा पुगी त्यहाँ अवैधरूपमा सञ्चालन भएका ‘अनलाइन स्क्यामिङ’ केन्द्रमा विभिन्न ‘अनलाईन डेटिङ’, ‘अनलाईन क्यासिनो’, ‘गेमिङ’ तथा ‘फिसिङ’, ‘क्रिप्टो’ ठगीलगायतका काममा लगाइएका र स्क्यामिङ केन्द्रमा म्यानमार सुरक्षाकर्मीको छापा परेपछि भागेर थाइल्याण्ड प्रवेश गरेका उनीहरुलाई स्वदेश फर्काइएको हो ।

नेपाली राजदूतावासले थाइल्याण्डका सम्बन्धित निकायको समन्वय र सहयोगमा उद्धार गरी आज नेपाल एयरलाइन्सको उडान नं आरए–४०२मार्फत नेपाल फर्काएको हो । म्यानमारको म्यावडीमा रहेका थप २३ जना, थाइल्याण्डको मेसोटमा रहेका दुई जना तथा कम्बोडियामा रहेका चार जना नेपालीलाई यथाशीघ्र नेपाल फर्काउने गरी म्यानमार, कम्बोडिया तथा थाइल्याण्डका सम्बन्धित निकायसँग समन्वय भइरहेको दूतावासले जनाएको छ ।

नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभले कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्डलगायतका मुलुकहरूमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नआउन राजदूतावासले सबैमा अनुरोध गरेको छ ।रासस