५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

उच्छृङ्खल गतिविधि भएमा सहायता कक्षमा जानकारी दिन गृहको अनुरोध



अ+ अ-

काठमाडौँ। सरकारले जेनजी आन्दोलनपछिको परिवर्तनसँगै समाजमा घट्ने र घट्न सक्ने उच्छृङ्खल गतिविधि भएमा वा कुनै समस्या परेमा गृह मन्त्रालयले स्थापना गरेको सहायता कक्षमा जानकारी दिन अनुरोध गरेको छ ।

गृह मन्त्रालयका सूचना अधिकारी रवीन्द्र आचार्यले शान्ति सुरक्षा कायम गर्न र नागरिकको समस्या सम्बोधनका लागि उक्त अनुरोध गरिएको बताउनुभयो ।

उहाँले मन्त्रालयले सार्वजनिक गरेको सहायता कक्षको मोबाइल नम्बर ९८५१३६०६०३ मार्फत फोन, एसएमएस, ह्वाट्सएप, भाइबरबाट जानकारी दिन सकिने पनि बताउनुभयो ।

सूचनामा भनिएको छ, “जेनजीद्वारा भएको प्रदर्शन पश्चात् विकसित घटनाक्रम र परिवर्तनसँगै समाजमा घट्ने र घट्नसक्ने उच्छृङ्खल गतिविधि भए÷गरेको देखिएमा अथवा केही समस्या परेमा सोको सहजीकरण गर्न सहायता कक्ष गृह मन्त्रालयमा स्थापना गरिएको हुँदा आफ्ना सूचना, गुनासो, सल्लाह, सुझाव उक्त नम्बरमा फोन, एसएमएस, ह्वाट्सएप, भाईवरमार्फत जानकारी गराउनुहुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।”रासस