५ पुष २०८२, शनिबार
,
Latest
परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम संवैधानिक कमजोरी सच्याउँदै राष्ट्रपतिबाट संसद् पुनर्स्थापनाको घोषणा गर्नुपर्छ–एमाले राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रूपन्देहीको मर्चवारी गाउँपालिकाको नाम र केन्द्र परिवर्तन



अ+ अ-

रूपन्देही।  रूपन्देही जिल्लाको दक्षिण भेगमा अवस्थित मर्चवारी गाउँपालिकाको नाम र केन्द्र परिवर्तन भएको छ । मङ्सिर २ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार गाउँपालिकाको नाम ‘मर्चवारी गाउँपालिका’ बाट परिवर्तन गरी ‘मर्चवारीमाई गाउँपालिका’ कायम गरिएको छ ।

यसका साथै, गाउँपालिकाको केन्द्र पनि साविकको वडा नं ३ रायपुरबाट परिवर्तन गरी वडा नं ४ खैरामा सारिएको छ । गाउँपालिकाको आधिकारिक स्रोतका अनुसार यस क्षेत्रको ऐतिहासिक एवं धार्मिक महत्व बोकेको मर्चवारीमाई भगवतीको मन्दिरलाई आत्मसात गर्दै गाउँपालिकाको पहिचानलाई अझ बलियो बनाउन ‘मर्चवारीमाई’ नाम राखिएको हो । यो मन्दिर यस क्षेत्रको पुरानो धार्मिक स्थलमध्ये पर्दछ ।

गाउँपालिकाको प्रशासनिक केन्द्र वडा नं ४ खैरामा सरेसँगै यस क्षेत्रका स्थानीय बासिन्दालाई सेवा लिन थप सहज हुने अपेक्षा गरिएको छ । साविकको केन्द्र रायपुरबाट खैरामा सारिएको यो निर्णयले गाउँपालिकाभित्रका सबै वडाका जनताको पहुँचलाई मध्यनजर गरेको गाउँपालिका अध्यक्ष गयाप्रसाद बरईले जानकारी दिनुभयो । उहाँले लामो समयदेखि यो प्रस्तावमन्त्री परिषद्मा पठाइएको र अहिले यस विषयमा निर्णय आएको बताउनुभयो ।

केन्द्र परिवर्तन नभएकै कारण हालसम्म पालिकाको आफ्नै प्रशासनिक भवनसमेत निर्माण हुने सकेको छैन । “यस परिवर्तनले गाउँपालिकाको प्रशासनिक तथा भौगोलिक संरचनामा नयाँ अध्याय थपेको छ, जसलाई कार्यान्वयन गर्न अब गाउँपालिकाले आवश्यक तयारी गर्नेछ”, अध्यक्ष बरईले भन्नुभयो । रासस