१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत

अन्तरराष्ट्रिय उडानमा ५० प्रतिशत यात्रु घटे

अन्तरराष्ट्रिय उडानमा ५० प्रतिशत यात्रु घटे
अ अ+ अ-

काठमाडौं । कोरोना (कोभिड–१९) भाइरसको सन्त्रासका कारण मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने अन्तरराष्ट्रिय उडानमा झण्डै ५० प्रतिशत यात्रु घटेका छन् । यद्यपि, यात्रु सङ्ख्या घटे पनि जहाजको उडान सङ्ख्या भने उत्साहवद्र्धक अर्थात् करिब ८० प्रतिशत रहेको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । कोरोनाका कारण अन्तरराष्ट्रिय उडान अहिले २० प्रतिशतमात्र कटौती भएको हो ।

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले कोरोनाको प्रभावले अन्तरराष्ट्रिय उडानका हवाई यात्री घटे पनि जहाजको उडान सङ्ख्यामा भने कमी नआएको बताउनुभयो । अन्तरराष्ट्रिय हवाई मापदण्डअनुरुप हवाई उडान रोक्न नमिल्ने भएकाले धेरै वायु सेवा प्रदायकले उडान नरोके पनि उडान घटाइरहेका छन् । कोरोना भाइरस प्रभावित मुलुकबाट हुने दुवैतर्फी उडानमा भने भारी कटौती भएको छ । तथापि अन्य मुलुकका उडानमा त्यति धेरै समस्या नरहेको प्राधिकरणको भनाइ छ ।

अन्तरराष्ट्रिय यात्रु घटेपछि विमानस्थलको आर्थिक आम्दानीमा पनि गिरावट आउने आङ्कलन गरिएको छ । विमानस्थल सेवाबापत वार्षिक छ अर्बभन्दा बढी कमाउने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले कोरोनाका कारण करिब रु चार अर्ब आम्दानी गर्ने प्रक्षेपण गरिएको छ । प्राधिकरणको मुख्य आम्दानी गर्ने अन्तरराष्ट्रिय विमानस्थल हो । अरू विमानस्थल नाफामै भए पनि सञ्चालन खर्च धान्नै मुस्किल हुने प्रवक्ता क्षेत्रीले बताउनुभयो ।

“कोरोनाको त्रासले विदेशी यात्री घटेपछि विमानस्थललाई पनि आर्थिक नोक्सानी हुन्छ, हाम्रो ९प्राधिकरण०को मुख्य आम्दानी नै अन्तरराष्ट्रिय विमानस्थल हो, यसका यात्री घटेपछि स्वाभाविक रुपमा आम्दानी घट्छ”, उहाँले भन्नुभयो ।

प्राधिकरणका अनुसार अन्तरराष्ट्रिय विमानस्थलबाट अघिल्लो यही याममा दैनिक १०० देखि ११० सम्म अन्तरराष्ट्रिय उडान हुन्थ्यो भने अहिले दैनिक सरदर ८० देखि ८५ उडान हुने गरेको छ । ठूलो सङ्ख्यामा उडान भइरहे पनि यात्रुको सङ्ख्या ह्वात्तै घटेको छ । यसले विमानस्थलको विजिनेसलाई समेत नराम्रो असर पारेको सरोकारवालाको भनाइ छ । पहिला अन्तरराष्ट्रिय विमानस्थलबाट दैनिक ११ हजारभन्दा बढी यात्रुको आगमन हुन्थ्यो भने अहिले पाँचदेखि ५५ हजार मात्रै यात्रु आगमन भइरहेको प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो ।

कोरोनाको प्रभावले सबैभन्दा बढी चीनको उडानमा कटौती भएको छ । नेपाल र चीन दुवैतर्फको उडानमा भारी कटौती भएको हो । प्राधिकरणका प्रवक्ता क्षेत्रीको भनाइमा चीन गन्तव्यमा मात्रै पहिला यही याममा सातामा ६० देखि ६२ उडान हुने गरेकामा अहिले सातामा १० वटामात्र उडान भइरहेको छ । नेपालबाट चीनमा उडान गर्दै आएको हिमालय एयरलाइन्सले चीनका चार गन्तव्यमा सातामा १५ उडान गर्दै आएकामा अहिले सबै बन्द गरेको छ । चीनबाट नेपाल उडान भर्ने सबै पाँच वायु सेवा प्रदायकले पनि उडानमा भारी कटौती गरेका छन् ।

प्राधिकरणका अनुसार एयर चाइनाले सातामा १४ उडान गर्दै आएकामा अहिले सातामा जम्मा एक उडान गरिरहेको छ । चाइना साउदर्न एयरको सातामा १४ उडान रहेकामा अहिले सातामा दुई मात्रै उडान भइरहेको छ । चाइना स्ट्रनको सातामा ११ उडान थियो भने अहिले सातवटा उडान छ । त्यसैगरी सिचुवान एयरलाइन्सको सातामा चार उडान रहेकामा अहिले सबै बन्द रहेको छ भने सातामा सात उडान गर्दै आएको तिब्बत एयरलाइन्सले पनि अहिले सबै उडान स्थगन गरेको प्राधिकरणको विवरणमा उल्लेख छ ।

चीनबाहेक अन्य गन्तव्यका उडान कटौती भएको छैन तर नेपालका तर्फबाट नेपाल वायु सेवा निगम र हिमालय एयरलाइन्सले दोहामा आजदेखि तत्कालका लागि उडान स्थगन गरेका छन् । कतारबाट नेपालको उडान भने नियमित भइरहेको छ । कतारले दैनिक तीन उडान गरिरहेको विमानस्थलले जनाएको छ । भारतको नयाँदिल्लीलगायत गन्तव्यको उडान पनि नियमित भइरहेको छ ।

मुलुकको आन्तरिक उडानमा पनि झण्डै ५० प्रतिशत विदेशी यात्रु घटेको व्यवसायीले जनाएका छन् । हालकै अवस्थामा ४० प्रतिशत उडान कटौती भएको र आगामी तीन महिनाको अवधिमा झण्डै करिब रु चार अर्ब ह्रास आउने वायु सेवा सञ्चालक सङ्घले यही २३ गते विज्ञप्ति निकालेर जनाएको थियो ।

विश्वव्यापी रुपमा कोरोनाको सङ्क्रमण फैलिएपछि त्यसको प्रत्यक्ष असर नेपालको नागरिक उड्डयन क्षेत्रमा परेको छ । विदेशी पर्यटक घटेपछि मुलुकको आन्तरिक उडानमा रहेका वायु सेवा प्रदायक कम्पनीले वैकल्पिक बजारको खोजी शुरु गरिसकेका छन् । मुख्य पर्यटकीय याममै कोरोनाको त्रासले पर्यटन क्षेत्रलाई नराम्रोसँग प्रभाव पारेको तथा ठूलो लगानी भएको हवाई क्षेत्रले बढी मार खेप्नुपरेको व्यवसायीको भनाइ छ ।