१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत

कांग्रेसले दुई तिहाई ल्याएपनि केही हुनेवाला छैन् : डा. खड्का

कांग्रेसले दुई तिहाई ल्याएपनि केही हुनेवाला छैन् : डा. खड्का
अ अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा. नारायण खड्काले पार्टीभित्र छरपष्ट रूपमा गुट मौलाएको भन्दै त्यसको अन्त्यको लागि पनि आगामी १४औं महाधिवेशनमा नेतृत्व बहुअध्यक्षीय प्रणालीमा जानुपर्ने स्पष्ट पारेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले कांग्रेस लोकतान्त्रिक पार्टी भएकोले पार्टीभित्रका गुटहरु अलिक बढिनै छताछुल्ल भएको तर्क गरे । प्रतिनिधिसभा सदस्य समेत रहेका नेता खड्काले भने,‘हाम्रो पार्टी लोकतान्त्रिक पार्टी हो, हुन त हरेक पार्टीमा गुट हुन्छन् । तर, हाम्रोमा अलिक बढि नै भयो । हामी सबैले अराजक स्वतन्त्रताको उपयोग गरेका छौं । यही अराजक स्वतन्त्रताको कारण गुट मौलाईरहेको छ । कम्युनिष्ट पार्टीमा चाहीँ अनुशासन हुन्छ । र, अर्को कुरा त्यहाँ लठ्ठी पनि देखाईन्छ ।’

उनले पार्टीको आगामी कांग्रेसमा एकल सभापतिले दुई तिहाईले जितेपनि केही हुनेवाला छैन् ः डा. खड्का हल नहुने जिकिर गरे । उनले थपे,‘पार्टीको नेतृत्वको लागि अहिले साथीहरुले आफ्नो महत्वकांक्षा देखाउनुभएको छ, कसैको धाप होला र आडमा पनि होला, तर नेतृत्वमा एक्लै जो आएपनि केही हुनेवाला छैन् । पार्टी अब बहुअध्यक्षीय प्रणालीमा जानुपर्छ भन्ने मेरो धारणा हो । यसबारेमा मेरो कन्सेप्ट पनि छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले पार्टीको नेतृत्वमा चार÷पाँच जनाको कोर–टीम बनाउनुपर्ने तर्क गरे । उनले भने,‘पार्टीलाई सामूहिक लिडरसिपमा लैजानुपर्छ, चार÷पाँच जनाको कोर टिम बनाउनुपर्छ, अर्थात चेयरम्यानसिप वा प्रेसिडियममा जानुपर्छ ।’ उनले १४औं महाधिवेशनबारे टिप्पणी गर्दै भने,‘नीतिभन्दापनि अहिले गुटहरुको स्वार्थले पार्टी चलाउने हौवा चलिरहेको छ ।’

खडकाले पार्टीका आगामी चूनौती पार गर्नको लागि एकल सभापतिले जतिसुकै बहुमत ल्याएर विजयी भएपनि एक्लैले केही गर्न नसक्ने ठोकुवा गरे । उनले भने,‘एकल सभापतिले जति धेरै बहुमत ल्याएर जितेपनि, अर्थात दुई तिहाईको बहुमत ल्याएपनि केही हुँदैन् ।’ उनले पार्टी बहुअध्यक्षीय प्रणालीमा गएमात्रै गुट समाप्त हुने विश्वास दिलाए ।
उनले वर्तमान सरकारले एमसीसी संसदमा टेबलु गरे आफ्नो पार्टीले पारित गर्नको लागि समर्थन गर्ने स्पष्ट पारे । उनले भने,‘शेरबहादुर देउवाजी प्रधानमन्त्री र ज्ञानेन्द्र बहादुर कार्की अर्थमन्त्री भएको बेलामा समझदारीमा हस्ताक्षर भएको हो । यो सदनबाट अनुमोदन हुनुपर्छ भनिएको छ । पोहोर भदौमै पारित भैसक्नुपर्ने थियो। तर, भएन । वर्तमान प्रधानमन्त्री, अर्थमन्त्री र परराष्ट्रमन्त्रीले त जसरीपनि पारित हुन्छ भनेर बोल्नुभएको थियो । तर, नेकपाभित्रै फेरि एमसीसीसम्बन्धी कार्यदल बन्यो । त्यो कार्यदलले प्रारम्भिक रिपोर्ट दिएको छ भन्ने सुन्नमा आएको छ ।’ खड्काले नेकपाको कार्यदलले एमसीसीसम्बन्धी तयार पारेको भित्री रिपोर्टमा के छ ? भन्ने कुरा थाहा भएपछि थप टिप्पणी गर्न सकिने बताए ।

उनले एमसीसी संसदमा प्रस्तुत भए कांग्रेसले समर्थन गर्ने कुरा दोहोर्याए । उनले भने,‘बरु नेकपाभित्रै यसबारेमा केही गज्याङमज्याङ छ, उहाँहरुले एमसीसी समझदारीमा केही अप्ठ्यारा प्रावधानहरु छन्, जसले नेपालको स्वाधिनता, राष्ट्रियता, अखण्डतामा आँच पुर्याएका छन् भनेर भन्नुभएको छ, हामीले पनि ती के रहेछन् भनेर जान्नुपर्छ ।’
उनले अमेरिकी सेना नेपाल आउने भनेर नेपालमा भएको हल्लामा सत्यता नभएको पनि दाबी गरे । उनले भने,‘अमेरिकी सेना नेपाल आउन भारत र चीनको एयर स्पेश प्रयोग गर्नुपर्छ । र, अर्को कुरा अमेरिकी सेना नेपाल आईहाल्छ भन्ने हामीलाई लाग्दैन् ।’

नेता खड्काले विश्वभरि कोरोना भाईरस (कोभिड–१९) को सन्त्रास फैलिएकोले नेपालले आवश्यक सतर्कता अपनाउनुपर्नेमा जोड दिए । कोरोनाका कारण विश्वकै अर्थतन्त्रमा ठूलो प्रभाव परेको उनको भनाई छ । उनले भने,‘विश्व अर्थतन्त्रको डेढदेखि २ प्रतिशत खुम्चिने प्रोजेक्शन गरिएको छ । नेपालमा पनि यसको प्रभाव पर्ने देखिएको छ । चीन, भारत, जापान, कोरियाजस्ता ठूला अर्थतन्त्र खुम्चिएका छन् ।’

उनले कोरोनाकै कारण नेपालमा अहिले ठूलो सन्त्रास फैलिएको र मुल्यवृद्धि हुन थालेको टिप्पणी गरे । उनले भने,‘टेस्टिङ किट्स, मास्क, क्वारेन्टाईन, औषधीको व्यवस्थापन गर्नुपर्छ । मुल्यवृद्धि बढ्ने खतरा छ । नेपालमा पनि ठूलो संकट पर्ने सम्भावना छ ।’ उनले अहिलेको सरकार कानमा तेल हालेर सुतेर बसेको समेत आरोप लगाए । उनले भने,‘यसैपनि हामीलाई एलेवेन्थ आवर पिपुल्स भनिन्छ, कोरोनाको प्रभावबाट बच्नको लागि आवश्यक तयारी गर्न ढिलाई गर्नुहुँदैन् ।’