१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत

एमसीसी जस्ताको त्यस्तै पारित हुँदैन : थापा

एमसीसी जस्ताको त्यस्तै पारित हुँदैन : थापा
अ अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मणि थापाले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली डिस्चार्ज भएपछि सरकार र पार्टीका गतिविधि द्रुत गतिमा सुचारु हुने स्पष्ट पारेका छन् । उनले भने,‘प्रधानमन्त्री अहिले अस्पतालमा हुनुहुन्छ, र अर्को कुरा विश्वव्यापी रुपमा कोरोनाको प्रभाव बढिरहेको छ, त्यही भएर अहिले सरकार र नेकपाको गतिविधि कमी भएका छन् । अझैपनि धेरै कामहरु गर्नुपर्ने छन् । पार्टी एकताका कतिपय कामहरु पूरा गर्न बाँकी छन् ।’

नेता थापाले आफ्नो पार्टीले अहिलेपनि संक्रमणकालिन अवस्था भोगिरहेको सुनाउँदै प्रधानमन्त्री ओली अस्पतालबाट निवासमा फर्किएपछि एकताको काम र सरकारको कामपनि प्रभावकारी ढंगले अघि बढ्ने विश्वास दिलाए । उनले भने,‘अहिले पार्टी र सरकारमा देखिएको गत्यावरोध नियतवश होईन् ।’ उनले राष्ट्रिय सभा सदस्यमा उपाध्यक्ष वामदेव गौतमको नाम सिफारिश गर्ने पार्टीको निर्णय भएपनि के गर्ने ? भन्ने विषय मन्त्रिपरिषद र राष्ट्रपतिको हातमा निर्भर रहेको सुनाए । उनले भने,‘यो विषय क्याबिनेटर राष्ट्रपतिको विषय हो । त्यही भएर यसको बल राष्ट्रपति र मन्त्रिपरिषदको कोर्टमा छ ।’

राष्ट्रिय सभा सदस्यमा वामदेव गौतम कि वर्तमान अर्थमन्त्री को मनोनित हुन्छ ? भन्ने प्रश्नमा उनले भने,‘व्यक्तिको कुरामा जानुभन्दापनि पार्टीले यो विषयमा निर्णय गरिसकेको छ । त्यो निर्णय स्विकार गर्नुपर्छ । तर, बल चाहीँ क्याविनेट र राष्ट्रपतिको कोर्टमा छ ।’

थापाले एमसीसी जस्ताको त्यस्तै पारित नहुने जिकिर गरे । उनले भने,‘हाम्रो पार्टीले गठन गरेको कार्यदलको रिपोर्टपनि आएको छ । त्यो प्रतिवेदनमा पनि जस्ताको त्यस्तै पारित गर्न सकिँदैन भन्ने कुरा उल्लेख गरेको भनेर कार्यदलका सदस्यहरुले भनिसक्नुभएको छ । त्यसैले एज ईट ईज पास हुँदैन् । परिमार्जनसहित एमसीसी पारित हुन्छ ।’
उनले पार्टीभित्र प्रचण्डको भूमिका कहीँ कतैपनि कमजोर नभएको पनि स्पष्ट पारे । उनले भने,‘उहाँले यसअघि पनि सचिवालय, स्थायी कमिटीका बैठकहरु ह्याण्डलिङ गर्नुभएको हो । अब प्रधानमन्त्री डिस्चार्ज भएपछि महत्वपूर्ण बैठकहरु बस्छन्, ती बैठकको नेतृत्व प्रचण्डले गर्नुहुन्छ । उहाँको कार्यकारी भूमिका यथावत छ ।’

सरकारको प्रभावकारिता बढाउनुपर्नेबारे नेकपाको गत माघमा सम्पन्न केन्द्रीय कमिटी बैठकले समेत सुझाव दिएको सुनाउँदै त्यसप्रति सरकारपनि गम्भिर हुनुपर्ने उनको भनाई छ । तर, त्यसबारेमा पनि आगामी स्थायी कमिटीको बैठकमा समिक्षा हुने उनले जनाए । उनले पार्टीको एकता महाधिवेशन सम्पन्न नहुञ्जेलसम्म संक्रमणकै अवस्था रहने पनि स्पष्ट पारे ।

उनले भने,‘महाधिवेशनपछि लिडरसिप, विचार, नीति तथा कार्यक्रमहरु सबै हल हुन्छ । अहिले संक्रमणको अवस्था भएकोले नेतृत्व र नीतिमा विवाद छ ।’ उनले पार्टी र सरकारले राम्रोसँग काम गर्न नसक्नु नीति र नेतृत्वको विवाद नै मुख्य कारण भएको पनि औंल्याए ।

त्यस्तै, उनले कोरोनाको कारण विश्वभरि आतंक सिर्जना भएको सुनाउँदै अहिलेसम्म नेपाल सरकारले कोरोना नेपाल भित्रिन नदिनको लागि गरेको पर्फर्मेन्स राम्रै लागेको पनि टिप्पणी गरे । उनले भने,‘सरकारले गराएको सचेतनालाई हामी सबैले गम्भिर रुपमा लिनुपर्छ ।’