१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत

२०२३ सम्म नेपाललाई दादुरा-रुबेला खोप निवारण घोषणा गरिने

२०२३ सम्म नेपाललाई दादुरा-रुबेला खोप निवारण घोषणा गरिने
अ अ+ अ-

रमेश गिरी, काठमाडौं । सरकारले दादुरा–रुबेला खोप अभियान सञ्चालन गर्ने भएको छ । आगामी चैत ३ देखि ११ गतेसम्म भक्तपुर जिल्लालगायत वाग्मती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका ४३ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई निःशुल्क दादुरा–रुबेला खोप लगाउन लागिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यालय प्रमुख एवं वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्ण मिजारले पूर्ण खोप सुनिश्चित घोषणा भइसकेको भक्तपुरमा आर्थिक वर्ष २०७५/०७६ मा जिल्लाका ८८ प्रतिशत बालबालिकाले खोप लगाए पनि ७४ प्रतिशत बालबालिकाले मात्रै पूर्ण खोप लगाएको बताए ।

बालबालिकाले लगाउने सात प्रकारको खोप लगाएर पुरा गर्नेलाई पूर्ण खोप लगाउनेको सङ्ख्यामा राख्ने गरिन्छ । यो अभियानअन्तर्गत दादुर–रुबेलाको खोप लगाउने र पूर्ण खोप लगाउन बाँकी रहेकाको पहिचान गरि सबैलाई पूर्ण खोप लगाउन अभिप्रेरित गरिने भएको छ ।

भक्तपुरका ३१ हजार ८७० बालबालिकालाई खोप लगाउने लक्ष्य अभियानको छ । जसका लागि चार समूहमा स्वयंसेवक परिचालन गरिनेछ । यसका लागि जिल्लाका भक्तपुर, मध्यपुरथिमि, चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा १९८ खोप केन्द्र रहनेछ । प्रत्येक वडामा कम्तीमा नौ खोप केन्द्र सञ्चालन हुनेछ भने प्रत्येक खोप केन्द्रमा दुईका दरले स्वयंसेविका परिचालन हुनेछन् । यसका लागि ३९६ स्वयंसेवक र ७१ खोप कार्यकर्ता परिचालन हुनेछन् । खोप अभियानमा पाँच हजार ४७१ भाइल खोप र सोही अनुपातमा घोलक र ३६ हजार २८० सिरिञ्जको प्रयोग हुनेछ ।

खोप अभियानमा खटिनेका लागि आवश्यक तालीम प्रदान गरेको, इँटाभट्टा, श्रमिक क्षेत्र र सुकुम्वासी क्षेत्रमा पनि अभियान सञ्चालन गर्ने तयारी भएको स्वास्थ्य कार्यालयका खोप अधिकृत नारायण केसीले जानकारी दिए । खोप लगाएपछि बालबालिकामा कुनै समस्या आएमा तत्कालै उपचारको व्यबस्था समेत गरिएको जानकारी दिदैं उनले खोपबाट कुनै प्रकारका प्रतिकूल असर नपर्ने बताए ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार सरकारले पहिलो चरणमा फागुन महिनाभर प्रदेश नं १, २ र पाँचका ३५ जिल्लाका १८ लाख २४ हजार ४३३ बालबालिकालाई लक्षित गरी खोप अभियान सञ्चालन गरेको छ भने दोस्रो चरणमा वाग्मती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका ४३ जिल्लाका ११ लाख ५७ हजार ७७१ बालबालिकालाई खोप दिने लक्ष्य लिएको छ ।

सरकारकाले पहिलो र दोस्रो चरणको खोप अभियानमा ३० लाख बालबालिकालाई खोप दिइने लक्ष्य राखेको छ । दादुरा र रुबेला खोप अभियान सन् २००४ बाट शुरुआत गरिएको हो । त्यसपछि हरेक चार–चार वर्षमा यो अभियान सञ्चालन हुँदै आएको छ । यो अभियान यसअघि सन् २००४, २००८, २०१२ र २०१६ मा सञ्चालन भइसकेको छ ।

विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेअनुसार सरकारले सन् २०१९ मा नेपाललाई दादुरा–रुबेला निवारण देश बनाउने लक्ष्य लिएको थियो । तर लक्ष्य हासिल हुन नसकेपछि सन् २०२३ भित्रमा लक्ष्य पूरा गर्नका लागि अभियान सञ्चालन गरेको छ । अहिले ७३ प्रतिशत बालबालिका पूर्ण खोप पाएका छन् भने पूर्ण खोपको लक्ष्य हासिल गर्न ९५ प्रतिशतभन्दा बढी हुनुपर्छ ।

सरकारले सन् २०२३ सम्ममा अभियानले दादुरा रुबेला खोप कभरेज ९५ प्रतिशतभन्दा बढी पुर्याई दादुरा रुबेला निवारण गर्ने उद्देश्य राखेको छ । प्रत्येक १० लाख जनसङ्ख्यामा पाँचभभन्दा कम मानिसमा दादुरा देखियो भने निवारण भएको मानिन्छ । सरकारले राष्ट्रिय दादुरा खोप अभियानका लागि करिब रु ३० करोड खर्च हुने अनुमान गरेको छ । सोअन्तर्गत नेपाल सरकारको १० करोड र अन्तर्राष्ट्रिय संस्था गाभीले रु २० करोड खर्च गर्ने भएको बताइएको छ ।