१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत

पर्यटनमन्त्रीसँग चिनियाँ राजदूतको भेटवार्ता

पर्यटनमन्त्रीसँग चिनियाँ राजदूतको भेटवार्ता
अ अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आज भेट गरी कोरोना भाइरसको रोकथामका लागि पूर्वतयारीबारे जिज्ञासा राख्नुभएको छ ।

पर्यटन मन्त्रालयमा आज भएको उक्त भेटमा कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमण र यसबाट निम्तन सक्ने समस्या तथा रोग नियन्त्रण, रोकथाम उपायको पूर्वतयारीको अवस्थाबारे कुराकानी भएको पर्यटन मन्त्रीको निजी सचिवालयले जनाएको छ ।

कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि चीनको अनुभवबारेमा जानकारी गराउँदै राजदूत यान्छीले कोरोना सङ्क्रमणबाट पीडित ८० हजार ९०० बिरामीमध्ये ५९ हजार चिनियाँ नागरिक उपचारपछि घर फर्किएको जानकारी गराउनुभयो ।

राजदूत यान्छीले नेपालमा कोरोना भाइरसको सङ्क्रमण नफैलिने विश्वास व्यक्त गर्दै यदि नेपालमा समस्या भए नियन्त्रणका लागि चीनको पूरा सहयोग रहने बताउनुभयो । उहाँले कोरोनाको सम्भावित जोखिमबाट बच्न नेपालले अपनाएको पूर्वसतर्कता र तयारीको प्रशंसासमेत गर्नुभयो । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण र रोकथामका लागि अपनाएका सबै खालका प्रविधि, औषधि र सूचना नेपाललाई दिन चीन सरकार तयार रहेको उहाँले बताउनुभयो ।

भेटमा पर्यटनमन्त्री भट्टराईले कोरोना भाइरसको समस्याबाट चीन चाँडै मुक्त हुन लागेकोमा खुशी व्यक्त गर्दै कोरोनाको जोखिम रोकथामका लागि नेपालले सबै तयारी गरिरहेको जानकारी दिनुभयो । अन्तरराष्ट्रिय विमानस्थलमा चेकचाँज, अस्पतालमा श्ययाको व्यवस्थापन, आवश्यक क्वारेन्टाइनको व्यवस्थालगायतका विषयमा सरकारले गरिरहेको तयारीको विषयमा समेत मन्त्री भट्टराईले जानकारी गराउनुभयो । 

भेटमा पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलगायतको उपस्थिति थियो ।