१४ भाद्र २०८३, आईतवार
,
Latest
अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारलाई ओलीले भनेः पक्राउ परेका दुर्गा प्रसाईंलाई तुरुन्त छोडियोस्



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पक्राउ गरिएका दुर्गा प्रसाईंलाई तत्काल छोडन सरकारसँग माग गर्नुभएको छ ।

बुधबार पार्टी मुख्यालय च्यासलमा आयोजित पार्टीको स्थानीय सरकारका उपत्यकास्तरीय जनप्रतिनिधि भेलामा बोल्दै उहाँले प्रसाईंलाई बोलेबापत पक्राउ गरिएको जिकीर गर्दै तत्काल छोड्न दबाब दिनुभएको हो ।

मावन अधिकार आयोगले समेत प्रसाईंको मानव अधिकार हनन गर्न नपाउने कुरा सरकारलाई भनिसकेकाले पनि सरकारले उसलाई पक्राउ गरेर राख्न नपाउने स्पष्ट पार्नुभयो । अध्यक्ष ओलीले प्रसाईंलाई बोल्न नदिन सरकारले उत्तेजित भएर नियन्त्रणमा लिने काम गरेको उल्लेख गर्दै सो कुरा स्वीकार्य नहुने समेत बताउनु भयो । बोलेबापत वा एउटा भिडियो सार्वजनिक गरेबापत सरकारले उत्तेजित भएर प्रसाईंलाई पक्राउ गर्न नमिल्ने ओलीको भनाई थियो ।

उहाँले भन्नुभयो,‘म सरकारलाई भन्न चाहन्छु–दुर्गा प्रसाईंलाई तुरुन्त छोड्नुस् । बोल्नै नपाईने पनि हुन्छ । मानव अधिकार आयोगले भनिसकेको छ–बोले बापत नै थुन्न मानव अधिकारको उल्लंघन हो । सरकारलाई मानव अधिकारको उल्लंघन गर्ने अधिकार छैन भनेर मानव अधिकार आयोगले भनिसक्यो सरकारले छोड्नुपर्छ, पछि हट्नुपर्छ । त्यसो भएर बोल्न नदिनका लागि, बोलेबापत आक्रोशित, उत्तेजित भएर मान्छे गिरफतार गर्नुहुँदैन । कसलाई को मन पर्छ, कसलाई को मन पर्छ ? तर के मा थुन्ने, के मा नथुन्ने भन्ने हुन्छ नि त । अपराधमा पो थुन्ने हो त । अनि भएको भिडियो बाहिर ल्याउँदा थुन्ने हो ?’

अध्यक्ष ओलीले सरकारले बोल्दा पनि अपराधीलाई जस्तो व्यवहार गर्ने गरको आरोप समेत लगाउनु भयो । उहाँले सरकारले मुसाले बिरालो खेदे जसरी एमालेलाई पेल्ने प्रयास गरिरहेको बताउनु भयो ।